१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाएर २ जनाको मृत्यु



अ+ अ-

बुटवल । स्याङ्गजामा माछा मार्ने क्रममा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोलाका ४२ वर्षीय मानबहादुर थापाको कुखरेखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर ज्यान गएको हो ।

खड्काको जाल हान्ने क्रममा र थापाको माछा मारेर खोला तर्ने क्रममा बगेर ज्यान गएको स्याङ्गजाका डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्गजा पुर्याइएको बताईएको छ ।