२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाएर २ जनाको मृत्यु



अ+ अ-

बुटवल । स्याङ्गजामा माछा मार्ने क्रममा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोलाका ४२ वर्षीय मानबहादुर थापाको कुखरेखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर ज्यान गएको हो ।

खड्काको जाल हान्ने क्रममा र थापाको माछा मारेर खोला तर्ने क्रममा बगेर ज्यान गएको स्याङ्गजाका डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्गजा पुर्याइएको बताईएको छ ।