१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

नेकपा नेताहरुले एक स्वरमा भने: पार्टीभित्र कुनै विवाद छैन, माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो

नेकपा नेताहरुले एक स्वरमा भने: पार्टीभित्र कुनै विवाद छैन, माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई उचाल्न नहुने पनि स्पष्ट पारेका छन् । शुक्रबार साक्षात्कारमा बोल्दै नेकपाका स्थायी समिति सदस्यद्धय देवेन्द्र पौडेल र आनन्द कुमार पोखरेलले नेकपा विचार केन्द्रित पार्टी भएकोले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको जिकिर गरे ।

नेता पौडेलले पार्टीभित्र भएका विचार तथा बहसहरु आन्तरिक रुपमा हल गर्न सकिने विषय भएको सुनाए । उनले भने,‘हाम्रो पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होईनन् । आन्तरिक रुपमा हामी हल गर्छौं ।’पौडेलले पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीका साथ अघि बढ्ने विश्वास दिलाए । उनले पार्टी जनमतअनुरुप अघि बढ्ने बताए ।

उनले भने,‘जनताको विश्वास जितेर अघि बढ्नुपर्छ । नेताहरुलाई मिलाएर जाने दायित्व छ । हामीले जनताको विश्वास जित्न सक्नुपर्छ ।’ उनले कम्युनिष्ट पार्टीमा सवर्गीय एकत्व हुनुपर्नेमा जोड दिए । उनले भने,‘को सिनियर, को जुनियर ? भन्ने कुरा यो त पार्टीभित्रको स्वभाविक र जीवन्त प्रक्रिया हो । पार्टीका बैठकहरुमा यस्तैखाले कुराहरु हुन्छन् ।’

यद्धपी उनले पार्टीभित्र आन्तरिक विवाद भयानक नै भयो भन्ने बाहिरी हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने,‘बाहिर हल्ला भएजस्तो स्थिति छैन, र हामी हुन पनि दिँदैनौं ।’ पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि सिंगापुर गएको र यो बीचमा महत्वपूर्ण निर्णयहरु भएका पनि उनले सुनाए ।

उनले भने,‘उहाँ सिंगापुरबाट फर्किएर आएपछि सदनभित्र प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्नुभयो, संविधानलगायतका विषयमा राष्ट्रिय सहमतिका आधारमा अघि बढ्ने कुरा भयो ।उपचारको क्रममा रहँदा यता मन्त्रिपरिषद बैठक बस्नुपर्ने बाध्यकारी अवस्था आयो भने विद्युतीय माध्यममार्फत उहाँले सहभागी जनाउने कुरा भएको छ ।

उहाँको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गर्ने र एकताका बाँकी काम पूरा गर्ने कुरा भएको छ ।’ उनले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ को प्रसँगमा पनि पार्टी पद्धतीअनुसार चल्नुपर्छ भन्ने कुरा पार्टीको सम्पत्तिको रुपमा रहने बताए । उनले भने,‘पार्टीभित्र कुरा राख्दा के नौलो भयो र ? ढुक्क हुनुहोस, पार्टी एकीकरण धेरै कुरा भैसकेका छन्, अब केही खाली ठाउँ भर्ने काम छन् ।’

नेता पौडेलले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा हुनेतर्फ अघि बढिरहेको पनि जनाए । कम्युनिष्ट पार्टी जनवादी केन्द्रियतामा आधारित भएर चल्ने पार्टी भएकोले पार्टीको नियामावली, विधार र प्रतिवेदनअनुसार नै अघि बढ्ने पनि उनको विश्वास छ । उनले भने,‘पार्टीमा सामूहिक निर्णय हुन्छ, व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्छ ।’ पार्टीभित्र नोट अफ डिसेन्ट राख्न पाउनुपर्ने उनको धारणा छ । उनले भने,‘माधव कुमार नेपालले जुन रुपमा नोट अफ डिसेन्ट राख्नुभएको छ, त्यो राख्न पाउनुपर्छ । तर, पार्टीले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ ।’

अर्का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द कुमार पोखरेलले सिंगो कम्युनिष्ट आन्दोलनभित्र मतभेद, विभेद रहँदै आएको सुनाउँदै अहिले पार्टीभित्र भएको छलफल तथा बहसलाई ठूलो रुपमा लिन नहुने स्पष्ट पारे ।

उनले तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुवैबीच लक्ष्यमा भीन्नता नभएको पनि सुनाए । उनले कम्युनिष्ट आन्दोलनमा सानातिना बहस तथा छलफल हुनु स्वभाविक र सामान्य विषय भएकोले अहिलेपनि पार्टीभित्रको बहस र छलफलले यति धेरै चर्चा पाउनुपर्ने विषय नै नभएको जिकिर गरे । उनले भने,‘बैठकमा माधव नेपालले नोट अफ डिसेन्ट राख्नुभयो, यसलाई हाउगुजी बनाईयो, यसमा अतिशोयुक्ति प्रचार भयो, हुन त यो मिडियाको आफ्नो धर्म पनि होला । तर, बैठकमा पत्रकारहरु त हुनुहुन्थेन ।’

पार्टी सही दिशमा अघि बढिरहेकोले पार्टीभित्र हुने छलफल र बहसले एकतामा फरक नपर्ने उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रा हुनुहुन्छ, माधव नेपाल १५ वर्ष पार्टीको नेतृत्व गरेको नेता हुनुहुन्छ, उहाँले पार्टीभित्र राखेको नोट अफ डिसेन्ट हाम्रो सम्पत्ति हो ।’ यद्धपी उनले पार्टीभित्र राख्नुपर्ने विषय मिडिया अर्थात पत्रपत्रिकामा आएकोबारे भने असन्तुष्टि पोखे । उनले भने,‘यसले राम्रो सन्देश दिएको छैन् । पार्टीको माईन्यूटमा राख्नुपर्ने विषय हो । हामीले राम्रो कल्चरको विकास गर्नुपर्छ ।’

उनले साउन २४ गते यता मुलुकभित्र सहमतिको राजनीति सुरु भएको पनि सुनाए । शान्ति प्रक्रियाका महत्वपूर्ण काम पूरा गर्नको लागि प्रमुख दलहरुबीच सहमति बनेको र सोहीअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्नेदेखि लिएर प्रधानमन्त्री नहुँदापनि मन्त्रिपरिषद बैठक बस्ने, अर्को अध्यक्षले बैठकको अध्यक्षता गरेर एकताका बाँकी काम पूरा गर्नेलगायतका सकारात्मक कुराहरु अघि बढेको उनले सुनाए ।

पोखरेलले तत्काल अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेर एकताका काम पूरा गर्नुपर्ने सुझाव दिए । पार्टीभित्रको विवादलाई अब चर्काउन नहुने उनको धारणा छ । उनले नेताहरु एक ठाउँमा आउनुपर्ने र घोषणापत्रमा प्रतिबद्धता जनाएअनुसार अघि बढ्नुपर्ने बताए ।