१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पालिका जोड्ने मितेरी पुल शिलान्यास



अ+ अ-

तनहुँ । तनहुँका दुई पालिका जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने म्याग्दे खोलामा मितेरी पक्की पुल बिहिबार शिलान्यास गरिएको हो ।

पुल निर्माणका लागि करसहित रु एक करोड ४० लाख ४३ हजार १४५ मा ठेक्का सम्झौता भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । सम्झौताअनुसार गाउँपालिका र नगरपालिकाले समान रु ७० लाख २१ हजार ५७२ लगानी गर्ने गरी पुल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । आगामी २०७९ मङ्सिर ५ गते निर्माण सक्ने गरी गत असोज ४ गते ठेक्का सम्झौता भएको ठेकदार कम्पनी कश्यप निर्माण सेवा प्रालिले जनाएको छ ।

गुणस्तरीय काम गर्न र समयमै सक्न दुवै पालिकाका प्राविधिक टोली, जनप्रतिनिधि र वडावासीलाई सक्रिय हुन आग्रह गरिएको छ । पुलको काम अघि बढाउन नगरपालिकाले रु ५० लाख बुझाइसकेको छ । नगर प्रमुख किशान गुरुङ र गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले संयुक्तरूपमा पुल शिलान्यास गर्नुभएको थियो । रासस