२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको विज्ञप्ती : नाम नलेखि रविको समर्थन !



अ+ अ-

काठमाडौँ । संचारकर्मी रवि लामिछानेलाई नेपाली काँग्रेसले अप्रत्यक्ष तरिकाले समर्थन जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रकाशित गरेको विज्ञप्तीमा कुनै पनि घटनाको निपष्क्ष एवं स्वतन्त्रतापूर्वक छानविन हुनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गरिएको छ ।

संचारकर्मी लामिछानेका समर्थकहरुले उनलाई फसाउन खोजिएको आरोप लगाइएरहेका बेला काँग्रेसले “निर्दोषलाई फसाउने र दोषीलाई उनमुक्ति दिने कार्य नेपाली जनतालाई सह्य हुदैन, नेपाली कांग्रेस न्यायको सिद्धान्त, निष्पक्षता, विधिको शासन र जनभावनाप्रति सदैव समर्पित रही आएको छ,” भन्दै विज्ञप्तीमा लामिछानेको नाम उल्लेख नगरेपनि सन्दर्भ र आसय उनकै विषयमा हो भन्ने बुझिनेगरी लेखिएको छ ।

विज्ञप्तीमा सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यम रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा १० वर्षदेखि कार्यरत सुनिता रावल, ३ वर्षदेखि कार्यरत प्रकाश बम र चक्र कुँवरलाई बर्खास्त गरिएकोप्रति पनि आपत्ति जनाइएको छ ।

रेडियो प्रसार समितिको साउन ३१ गतेको निर्णय अनुसार भन्दै उनीहरुलाई निस्कासन गरी उनीहरुको ठाउँमा नवराज जोशी, लोकेश अधिकारी र दीर्घ खत्रीलाई दैनिक ज्यालादारीमा नियुक्त गरिएपछि त्यसको सर्वत्र विरोध भएको छ ।

पत्रकार महासंघ, प्रेस युनियनलगायतका संघसंस्थाहरुले पुनर्वहालीको माग गर्दै आन्दोलन नै सुरु गरेका छन् भने संसदमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।