५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको विज्ञप्ती : नाम नलेखि रविको समर्थन !



अ+ अ-

काठमाडौँ । संचारकर्मी रवि लामिछानेलाई नेपाली काँग्रेसले अप्रत्यक्ष तरिकाले समर्थन जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रकाशित गरेको विज्ञप्तीमा कुनै पनि घटनाको निपष्क्ष एवं स्वतन्त्रतापूर्वक छानविन हुनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गरिएको छ ।

संचारकर्मी लामिछानेका समर्थकहरुले उनलाई फसाउन खोजिएको आरोप लगाइएरहेका बेला काँग्रेसले “निर्दोषलाई फसाउने र दोषीलाई उनमुक्ति दिने कार्य नेपाली जनतालाई सह्य हुदैन, नेपाली कांग्रेस न्यायको सिद्धान्त, निष्पक्षता, विधिको शासन र जनभावनाप्रति सदैव समर्पित रही आएको छ,” भन्दै विज्ञप्तीमा लामिछानेको नाम उल्लेख नगरेपनि सन्दर्भ र आसय उनकै विषयमा हो भन्ने बुझिनेगरी लेखिएको छ ।

विज्ञप्तीमा सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यम रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा १० वर्षदेखि कार्यरत सुनिता रावल, ३ वर्षदेखि कार्यरत प्रकाश बम र चक्र कुँवरलाई बर्खास्त गरिएकोप्रति पनि आपत्ति जनाइएको छ ।

रेडियो प्रसार समितिको साउन ३१ गतेको निर्णय अनुसार भन्दै उनीहरुलाई निस्कासन गरी उनीहरुको ठाउँमा नवराज जोशी, लोकेश अधिकारी र दीर्घ खत्रीलाई दैनिक ज्यालादारीमा नियुक्त गरिएपछि त्यसको सर्वत्र विरोध भएको छ ।

पत्रकार महासंघ, प्रेस युनियनलगायतका संघसंस्थाहरुले पुनर्वहालीको माग गर्दै आन्दोलन नै सुरु गरेका छन् भने संसदमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।