२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकका मुद्दामा संवेदनशील बन्न आग्रह

यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकका मुद्दामा संवेदनशील बन्न आग्रह
अ अ+ अ-

रुपन्देही । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ । नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित विषयमा समाचार दिँदा शब्दावलीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सञ्चारसंस्था संवेदनशील बन्नुपर्ने बताउनुभयो । सबै सञ्चारसंस्थालाई एकैठाउँमा राखेर मूल्याङ्कन गर्न नहुने उल्लेखगर्दै उहाँले मूलधारका सञ्चारसंस्था भन्दा दर्ता नभएका र युट्युबमा बढी नकारात्मक सामग्री आउने गरेको बताउनुभयो । “मिडिया सामग्रीको विश्लेषण गर्दा धेरैजसो सामग्री बिकाउरुपमा आएका छन् । राम्रा कामका समाचार सकारात्मकरुपमा आए पनि वैकल्पिक मिडियामा बढी सामग्री पाइन्छ”, उहाँले भन्नुभयो ।

नील हिरा समाजका कार्यक्रम संयोजक भूमिका श्रेष्ठले पहिचान र अधिकारका लागि समाजले आवाज उठाउँदै आएको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । “कहिलेकाहीँ मिडियामा आउने सामग्रीले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा नकारात्मक प्रभाव पार्छ, त्यसैले मिडिया बढी संवेदनशील बन्नुपर्छ”, उहाँले भन्नुभयो । संयोजक श्रेष्ठले प्रदेशस्तरमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि समावेशी ऐन, नीति र बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

बियोन्ड बेइजिङ कमिटी नेपालका कोषाध्यक्ष जगजीत कौरले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सशक्तिकरणका लागि समाजका सबै पक्ष सम्वेदनशील हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारले पत्रकार आचार संहितालाई टेकेर काम गर्ने भएकाले मूलधारका मिडियामा खासै समस्या नहुने गरेको बताउनुभयो ।  नील हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राज्यका हरेक तहमा अर्थपूर्ण सहभागिता र समावेशीकरण जरुरी रहेकामा जोड दिनुभयो । उहाँले यो समुदायमाथि हुने हिंसा र विभेद कम गर्न सरकारले विशेष संयन्त्र बनाउनुपर्ने बताउनुभयो ।

साहसी कदम नेपालका प्रदेश संयोजक आनिक रानाले राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई घोषणापत्रमा समावेश गरी नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्नुभयो ।

युवाका क्षेत्रमा कार्यरत संस्था युवाका सदस्य आस्था सुवेदीले महिला तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई यौनिकतासँग मात्रै जोडेर नहेर्न आग्रह गर्दै युवालाई उत्प्रेरणा दिने खालका विषयवस्तुलाई मिडियामा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका रुविना तामाङ र टीकाराम न्यौपानेले शारीरिक अवस्था एउटा र अर्कै भावना बोकेर हिँड्न सहज नहुने भएकाले यो समुदायको भावना बुझेर कलम चलाउन पत्रकारलाई अनुरोध गर्नुभयो ।