५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार लामिछाने सहित तिन जना आज हिरासतमै रहने, पुनः बहस भोली



अ+ अ-

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरु आज पुनः प्रहरी हिरासतभित्रै बस्नु पर्ने भएको छ ।

आज अस्मिता कार्की ‘रुकु’को मात्र अदालतमा बयान सकिएकोको कारण अब बाँकीका लामिछाने र कँडेलको बयान भोली सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरु धरौटिमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने निर्णय हुनेछ ।

यसअघि प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय चितवनमा राय पेश गरेको थियो । उनीहरुलाई सरकारी वकिलको कार्यालयमा पेश गरिए लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरि अनुसन्धानका विषयमा जानकारी गराएको थियो ।

यो घटनामा अनुसन्धानका लागि खटिएका केन्द्रिय अनुसन्धान व्यरो (सिआईबी) का एसपी दिपक रेग्मीले आफ्ना तर्फवाट अनुसन्धानको काम सम्पन्न गरि सरकारी वकिलको कार्यालय पठाईएको जानकारी दिएका हुन् ।