१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ धुन्चेपाखामा आज एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । करीब २५ वर्षीय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

इञ्जिनीयरिङका विद्यार्थी उनी बिहान अबेरसम्म नउठेपछि हेर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छभने घटनाको सुक्ष्मरुपमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो ।

त्यसैगरि आजै चाँगुनारायण नगरपालिका–५ छालिङको जङ्गलमा करीब ३० देखि ३५ वर्षको मङ्गोलियनअनुहार भएका एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले शव झुन्डिएको अवस्थामा फेला परेको र पहिचान भने नभएको बताउनुभयो । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।