२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

गर्भवती महिलाको कलेजोमा बच्चा बढ्दै, चिकित्सकले भने– यो केस ‘अत्यन्तै दुर्लभ’

गर्भवती महिलाको कलेजोमा बच्चा बढ्दै, चिकित्सकले भने– यो केस ‘अत्यन्तै दुर्लभ’
अ अ+ अ-

टोरन्टो । क्यानडामा एक गर्भवती महिलाको दुर्लभ घटना सार्वजनिक भएको छ। आमाको कलेजोमा बच्चा हुर्किरहेको अक्टोपिक गर्भावस्थाको यो ‘अत्यन्तै दुर्लभ’ केस भएको चिकित्सकले बताएका छन् । क्यानडाको मनिटोबास्थित चिल्ड्रेन हस्पिटल रिसर्च इन्स्टिच्युटका बालरोग विशेषज्ञ माइकल नार्भेले यो आश्चर्यजनक घटनाको खुलासा गरेका हुन् । अनलाइनमार्फत जानकारी दिँदै उनले भने, “३३ वर्षीया महिलाको १४ दिनको महिनावारी भएको र अन्तिम महिनावारी भएको ४९ दिनपछि यस्तो अवस्था आएको हो ।”

उनले भने, “कलेजोमा के पाउँछौँ– एक बच्चा। महिलाको कलेजोमा एक्टोपिक गर्भावस्था थियो। कहिलेकाहीँ यो पेटमा देखिन्छ तर कलेजोमा कहिल्यै देखा पर्दैन। यो मेरो लागि पहिलो पटक हो।” चिकित्सकले आफ्नो टिकटक एकाउन्टमा क्लिप पोस्ट गरेर उनको खोजको बारेमा जानकारी दिए। द सनको रिपोर्ट अनुसार सो भिडियो दुई दिनमा ३० लाखभन्दा बढीले हेरिसकेका छन् भने १७ हजारभन्दा बढीले कमेन्ट गरेका छन् ।

महिलाको ज्यान बचाउन सफल 

सर्जन महिलाको ज्यान बचाउन त सफल भए तर कलेजोमा बढेको भ्रूणलाई बचाउन सकेनन् । एक युजरले लेखेका छन्, “यो अभिभावकका लागि निकै दुःखद खबर हो । आशा छ आमा सञ्चै हुनुहुन्छ ।” अर्का युजरले लेखेका छन्, “म यो सम्भव छ भन्ने विश्वास गर्न सक्तिन, निषेचित अण्डा कलेजोका लागि कसरी राम्रो हुन सक्छ ?” नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनका अनुसार कलेजोमा अक्टोपिक गर्भावस्थाका केसहरु ‘अत्यन्तै दुर्लभ’ हुन्छन् ।