१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम उमेरमा बार्सिलोनाको सिनियर टिममा ‘अन्सु फुटी’



अ+ अ-

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्डेले अन्सु फुटीलाई १६ वर्षको उमेरमा नै सिनियर टिमबाट डेब्यू गराएका छन् । गिनी बिसाउका स्ट्राइकर फुटीले ला लिगामा रियल बेटिसविरुद्ध अन्तिम १० मिनेट खेलेका थिए ।

स्ट्राइकरत्रय लिओनल मेस्सी, लुइस स्वरेज र उस्मान डेम्बेले चोटका कारण मैदान बाहिर भएपछि भालभर्डेले अघिल्लो साता फुटीलाई सिनियर टिमसँग अभ्यास गराएका थिए । ला मासियाका उत्पादन कार्लोस परेजले पनि खेलेका छन् ।

आइतबारको डेब्यूसँगै फुटी कम उमेरमा बार्सिलोनाको सिनियर टिममा अवसर पाउने पहिलो खेलाडि भिसेन्ट मार्टिनेज १९४१ मा भएका थिए भने दोस्रो खेलाडी अन्सु फुटी बनेका हुन् । खेलपछि फुटीलाई कप्तान लिओनल मेस्सीले आंगालो हालेका थिए जसमा उनी भेरै नै खुसी भए ।

उनले फुटीलाई अंगालो मारेको र पेरेजले गोल सेलिब्रेसन गरेको फोटो इन्टाग्राममा पोष्ट गर्दै भनेका छन्, ‘ला मासियाका युवाहरुले नाउ क्याम्पमा खेल्ने र गोल गर्ने सपना पुरा गरेको देख्खा म निकै खुसी छु ।’