२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक : हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक : हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् ।

आर्थिक वर्ष २०७५/२०७६ मा सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी यो सडक छ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११-११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विलस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात-सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११-११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । यो सहमति भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम नसक्दा हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीयवासी समस्यामा परेका हुन् ।

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका लक्ष्मण खतिवडा विसं २०५६ देखि नै जीर्ण रहेको सडक विस्तार गरेर बनाउन सुरु भएको छ वर्ष पूरा हुँदा पनि काम नसकिँदा समस्या भएको बताउनुहुन्छ । विभिन्न दलका नेताले सडक बनाउँछु भन्दै भाषण गर्ने गरे पनि काम भने नभएको उहाँको गुनासो छ । सडक किनारको घरमा बस्न नसक्ने भएपछि दैनिक दुई घण्टा पानी हाल्नु खतिवडाजस्ता सयौँको दैनिकी भएको छ ।

निर्माण व्यवसायीले सडक निर्माण जिम्मा लिने बेलामा गरिने सम्झौतामा वातावरणीय क्षति नगरी काम गर्ने गरे पनि कार्यान्वयन हुँदैन । सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाजस्ता सरोकार भएका निकायले पनि यसमा ध्यान दिएका छैनन् ।
 
धुलोले घरमै बस्न नसक्ने भएपछि खतिवडामात्र होइन सडक किनारका दर्जनौँ स्थानमा स्थानीयवासी पानी हालिरहेका भेटिन्छन् । नगरपालिकाको वडा नं २ नयाँपाटीमा क्लिनिकसहित सामुदायिक स्वास्थ्य केन्द्र चलाइरहनुभएका डा रोशन पोखरेल सडकमा उड्ने धुलोकै कारण दैनिक दर्जनौँ घाँटी दुख्ने, घाँटी खसखसाउने समस्या लिएर आउने गरेको सुनाउनुहुन्छ । धुलोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएपनि समस्या समाधानमा सरोकार भएका निकायले ध्यान दिएका छैनन् ।

सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डे भने केही स्थानीयवासीले पानी हाल्न नदिएको दाबी गर्नुहुन्छ । पानी हाले काम गर्न दिँदैनौँ भनी केही मानिसले भन्दा समस्या हुने गरेको उहाँको भनाइ छ । यसअघि विस्तार आयोजना प्रमुख भएर काम गरिसक्नुभएका विभागका सूचना अधिकारी गुरुप्रसाद अधिकारी भने कति आयोजनाको सम्झौतामै पानी हाल्ने व्यवस्था उल्लेख गरिएको हुने र कतिमा भने सहमतिका आधारमा काम गर्ने गरिएको बताउनुहुन्छ ।

संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हकको व्यवस्था गरिएकाले वातावरण नबिगारी विकास निर्माणका काम गरिनुपर्ने उहाँको भनाइ छ । धुलोको समस्या छ वर्षअघि नै ठेक्का भएर अलपत्र रहेको जोरपाटी–साँखु सडकमा पनि छ । यो सडकमा पनि निर्माण व्यवसायीले पानी नहाल्दा स्थानीयवासीको स्वास्थ्यमा समस्या भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–५ थलीकी स्थानीयवासी सुम्निमा पुडासैनी घरअघिको सडकको धुलोले दैनिक घरमै बस्दा पनि घाँटी दुख्ने समस्याले सताएको बताउनुहुन्छ । धुलोसँगै सवारीको धुवाँले पनि अप्ठ्यारो हुने गरेको उहाँको दुःखेसो छ । स्थानीय सरकार, विस्तार आयोजनालगायत सरोकार भएका निकायलाई समस्याका बारेमा पटकटपक अवगत गराए पनि समाधान नभएको स्थानीयवासीको भनाइ छ ।
 
जोरपाटी–साँखु सडकको ठेक्का पनि विसं २०७२ मै भएको हो । यो सडकको धेरै स्थानमा कालोपत्र भइसके पनि केही स्थानमा घरका कारण विस्तार हुन नसक्दा स्थानीयवासी धुलोले पीडित भएका हुन् । सरकारले उपलब्ध सडकमै कालोपत्र गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । (रासस, पूर्णप्रसाद मिश्र)