५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा गिरावट



अ+ अ-

काठमाडौं । निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा झरेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँले स्थिर छ । सोेमबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नेपाली सुनचाँदी व्यवसाय इतिहासकै सबैभन्दा धेरै भएको व्यवसायीहरुले बताएका छन् ।

बढ्दो मूल्यका कारण पुराना सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढे पनि नयाँ गहना किन्नेहरु नभएको व्यवसायीहरूले बताएका छन् । पछिल्लो दुई महिना अवधिमा सुनको भाउ प्रतातोला झण्डै १० हजार रुपैयाँ बराबरले बढेको हो ।