५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

घातक बन्दै विवाहइतर सम्बन्ध, परिणाम : हत्यादेखि आत्महत्यासम्म

घातक बन्दै विवाहइतर सम्बन्ध, परिणाम : हत्यादेखि आत्महत्यासम्म
अ+ अ-

काठमाडौं। पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ ।
गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे । नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान्् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेका थिए ।
छोरा विवेकको सुसाइड नोटका आधारमा बाबुको बाहिरी सम्पर्ककै कारण आमाले चित्त दुखाएको र तीनै जनाले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । पछि मायाले श्रीमान््लाई आत्महत्याअघि गरेको म्यासेजसमेत प्रहरीले फेला पारेको थियो ।

आत्महत्याअघि मायाले श्रीमानलाई गरेको म्यासेजमा लेखिएको थियो, ‘अब हामी तपाईंलाई दुःख दिने छैनौं, सधैं अरूको कुरा सुन्नु, गुडबाई, तपाईंको प्रगति होस् ।’यसैगरी, गत २० साउनमा पत्रकार शालिकराम पुडासैनीले समेत विवाहइतर सम्बन्धकै कारण आत्महत्याको निर्णयमा पुगेको देखिएको छ । उनले चितवनको भरतपुरस्थित कंगारु होटलमा झुन्डिएर आत्महत्या गरेका थिए । यसैगरी, ३२ साउनमा सुनधाराको एक होटलमा सासूससुरासहित बसेकी तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङले समेत होटलको चार तलामाथिबाट हामफालेर आत्महत्या गरेकी थिइन् । प्रहरी अनुसन्धानले उनले समेत पारिवारिक खटपटकै कारण आत्महत्या गरेको देखाएको छ ।

यस्तै, १ भदौमा स्वयम्भू ठूलोभर्याङस्थित प्रेमिकाको कोठामा एक प्रहरी जवानले झुन्डिएरै आत्महत्या गरेका थिए । प्रहरी जवान शंकर ठगुन्नाले प्रेमिकाको कोठामा आत्महत्या गरेपछि प्रेमिकाले नै प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृतक ठगुन्नाकी प्रेमिका रहेको प्रहरीले बताएको छ ।

यसैगरी, बौद्ध आरुबारीस्थित ओम साइबाबा काष्ठ उद्योगका सञ्चालक खेमराज अधिकारीले ४ भदौमा प्रेमिकासँगको सम्बन्धका कारण आत्महत्या गरेका थिए । उनले उद्योगभित्रै सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्यालगत्तै एक महिला मृतक अधिकारी आफ्नो श्रीमान भएको भन्दै बौद्ध प्रहरीसमक्ष पुगेको तर मृतक अधिकारीका आफन्तले भने अधिकारीले विवाह नै नगरेको र तिनै महिलाका कारण आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा किटानी जाहेरी दिएका थिए ।

सोही दिन प्रहरीले गोंगबुस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर तथा काभ्रेकी ३० वर्षीया सविना बजगाईंलाई मृत फेला पारेका थिए । उनीहरू दुवै फरक–फरक विवाह सम्बन्धमा रहेको र अघिल्लो दिन नै होटलमा बसेको प्रहरी अनुसन्धानले देखाएको थियो । विवाहइतर सम्बन्धकै कारण गत १६ असारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको पाइएको छ ।

आफ्नो पति हुँदाहुँदै परपुरुषसँगको सम्बन्धमा रहेकी २७ वर्षीया छोरी ईश्वरी भट्टराईले प्रेमीसँगको सम्बन्धका कारण आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । सावित्राको भारतीय भाडाका अपराधीमार्फत चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरिएको थियो ।

ईश्वरीले सिरहा स्थायी घर भई भक्तपुर पुरानो ठिमी बस्दै आएका प्रेमी मोहम्मद नौसादसँगको सम्बन्ध आमाबाट बाहिर आउने थाहा पाएपछि आमाको हत्याको योजना बुनेको प्रहरीले बताएको छ । यसैगरी, पर्साको कालिकामाई–५ मा आफ्नै श्रीमान्ले सामान्य घरायसी विवादका कारण आफ्नी श्रीमती ३५ वर्षीया संगीतादेवी कुर्मीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्तिनारायण राउत कुर्मी पक्राउ परेका छन् ।

विवाहइत्तर सम्बन्धले भए यस्ता घटना

  • घटना १ : २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित एउटै कोठामा सलको पासो लगाएर तीन जनाले आत्महत्या गरे
  • घटना २ : २० साउनमा पत्रकार शालिकराम पुडासैनीद्वारा आत्महत्या
  • घटना ३ : ३२ साउनमा सुनधाराको एक होटलबाट तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङद्वारा हामफालेर आत्महत्या
  • घटना ४ : १ भदौमा स्वयम्भू ठूलोभ¥याङमा प्रेमिकाको कोठामा प्रहरी जवान शंकर ठगुन्नाद्वारा झुन्डिएर आत्महत्या
  • घटना ५ : बौद्ध आरुबारीस्थित ओम साइबाबा काष्ठ उद्योगका सञ्चालक खेमराज अधिकारीद्वारा ४ भदौमा प्रेमिकासँगको सम्बन्धका कारण आत्महत्या
  • घटना ६ : ४ भदौमा नै गोंगबुस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र काभ्रेकी ३० वर्षीया सविना बजगाईं मृत फेला
  • घटना ७ : १६ असारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता

यस्तै, पारिवारिक खटपटकै कारण केही महिनाअघि पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा एक परिवारका पाँच जना तथा अर्को परिवारको चार गरी नौ जनाको हत्या भएको थियो । सो हत्या प्रकरणमा पनि घरायसी विवादका कारण अफन्तको परिवार नै नाश हुने गरी हत्या भएको प्रहरी अनुसन्धाले देखाएको थियो । सो घटनाबारे अनुसन्धान जारी छ ।
प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी एवं प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले इतरसम्बन्धमा रहेकाहरूको सम्बन्धबारे परिवार तथा आफन्तले थाहा पाएपछि उनीहरू हत्या तथा आत्महत्याको निर्णयसम्म पुग्ने गरेको पाइएको बताए ।

‘विवाह सम्बन्धमा रहेकाहरू परसम्बन्धमा पुगेपछि परिवार तथा आफन्तले थाहा नपाऊन् भन्ने चाहन्छन् । परिवार तथा आफन्तले थाहापाएपछि सो कुरा बाहिर नआओस् भनेर हत्या तथा आत्महत्याको निर्णयमा उनीहरू पुग्ने गरेको अनुसन्धानबाट देखिन्छ,’ नेपाल प्रहरीका सहप्रवक्ता जोशीले राजधानीसँग भने ।

उनले संयुक्त परिवारबाट एकल परिवारतर्फ बदलिँदो पारिवारिक स्वरूप, एक्लोपना, पारिवारिक सम्बन्धमाथिको घट्दो आदर, श्रीमान् श्रीमतीकाबीचको विवादलगायतका कारण पनि आत्महत्या बढ्दै गएको जनाए ।

प्रहरीको एक तथ्यांकले तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेको देखाएको छ । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो । जसमध्ये सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको छ । तीन वर्षको अवधिमा झुन्डिएर मात्रै ११ हजार ९४१ जना अर्थात् करिब १२ हजारले अत्महत्या गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३/७४ मा मात्रै ३ हजार ७६१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै, २०७४/७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।

झुन्डिएर पछि सबैभन्दा बढी आत्महत्या विष सेवनबाट हुने गरेको प्रहरी तथ्यांक देखाउँछ । गत तीन वर्षको पहिलो वर्षमा १ हजार २१५, दोस्रो वर्षमा १ हजार ३६३ तथा गत आर्थिक वर्षमा १ हजार ३२० जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।

पछिल्लो समय राजनीतिक कारण, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्ध विच्छेद, बढी मादक पदार्थ सेवन, बेरोजगारी समस्या, तथा छिट्टै आवेशमा आउने कारणसमेत मानिसले आत्महत्या रोज्ने गरेको देखिएको मनोचिकित्सकहरू बताउँछन् ।

‘मनोवैज्ञानिक तथा सामाजिक कारण नै आत्महत्याका प्रमुख दुई कारण हुन्, यसमा राजनीतिक कारण, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्ध विच्छेद, बढी मादक पदार्थ सेवन, बेरोजगारी समस्या, तथा छिट्टै आवेशमा आउने कारण पर्दछन्,’ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा। सरोज ओझाले भनेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।