५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

भक्तपुर क्यान्सर अस्पतालमा दशकमा चार गुणाले बढे बिरामी

भक्तपुर क्यान्सर अस्पतालमा दशकमा चार गुणाले बढे बिरामी
अ+ अ-

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा बर्सेनि बिरामीको चाप बढ्दै गएको छ । दश वर्षभित्रमा चार गुणाले बिरामी बढेको अस्पतालले जनाएको छ । दातृ संस्था र व्यक्तिको सहयोगमा नेपाल अर्बुद रोग निवारण संस्थाले ०५१ मा सुरु गरेको अस्पतालमा पछिल्लो दशकमा करिब एक लाख क्यान्सररोगीले सेवा लिएका छन् ।

हाल व्यवस्थापन समितिका पदाधिकारीका कारण चर्चामा रहेको अस्पतालमा बिरामीलाई राख्ने ठाउँसमेत पर्याप्त छैन । १५ बेडबाट सुरु भएको अस्पतालले अहिले सय बेडको स्वीकृति लिएको छ । तर, एक सय ४२ बेड सञ्चालनमा छन् ।

अस्पतालमा चारवटा मेजर र एउटा र माइनर अप्रेसन कक्ष रहेका छन् । अस्पतालमा सबै प्रकारका क्यान्सरको उपचार सेवा उपलब्ध छ । अस्पतालमा ५३ जना डाक्टर र सिनियर कन्सल्टेन्टसहित दुई सयजनाभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।

अस्पतालमा रगतको क्रसम्याच गर्ने मेसिन र रेडियोथेरापी सञ्चालन गर्ने म्यानपावर भने छैनन् । अस्पतालले क्यान्सर उपचारमा सर्जरी, केमोथेरापी, आइसियू, डे–केयर, सपोर्टिभ केयर, बाल ब्लड क्यान्सर, ओपिडी, आधुनिक प्याथोलोजी, सिटिस्क्यान, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, एनेस्थेसिया, शल्यक्रिया तथा रेडियोलोजी सेवा उपलब्ध गराएको छ ।

अस्पतालमा दैनिक ९० देखि ११० जनासम्म क्यान्सरका बिरामी आउँछन् । तीमध्ये सरदर दैनिक २० जना बिरामी बेड भर्ना हुन्छन्, त्यति नै बिरामी डिस्चार्ज पनि हुनैपर्छ । नत्र अस्पतालमा बिरामीलाई राख्ने ठाउँ पुग्दैन । अस्पतालमा दैनिक आउने बिरामीमध्ये सरदर नौजनामा क्यान्सर देखिने गरेको अस्पतालका प्रमुख डा। ऋषिकेशनारायण श्रेष्ठले बताए ।

सन् २००९ देखि सन् २०१८ सम्म अस्पतालमा ९९ हजार चार सय २६ जना नयाँ क्यान्सररोगी उपचारका लागि आएका छन् । सन् २०१८ मा १८ हजार एक सय ५६ जना नयाँ क्यान्सर रोगी उपचारका लागि आए । सन् २००९ मा पाँच हजार आठ सय १२ जना मात्रै क्यान्सर रोगी आएका थिए । दशकको अन्तरमा अस्पतालमा आउने बिरामीको संख्या झन्डै चार गुणाले वृद्धि भएको छ । सन् २०१९ को हालसम्मको अवधिमा १२ हजार ६ सय एक क्यान्सरका बिरामीले सेवा लिएका छन् ।

अस्पतालका प्रशासक राजाराम तजलेका अनुसार अस्पतालमा सन् ०१७ मा १५ हजार ७१४, ०१६ मा १३ हजार ७१४, ०१५ मा ९ हजार ३९७, ०१४ मा ९ हजार ४१, ०१३ मा ८ हजार ९७, ०१२ मा ६ हजार ९२४, ०११ मा ६ हजार ४०९ र सन् ०१० मा ६ हजार १६२ जना क्यान्सरका नयाँ बिरामीले अस्पतालबाट सेवा लिएका छन् ।

अस्पतालमा फलोअपका लागि आउने बिरामीको संख्या पनि उत्तिकै छ ।

क्यान्सरका नयाँ र फलोअपका समेत गरी सन् ०१८ मा ७७ हजार ८३५ जनाले सेवा लिए । यस्तै, ०१७ मा ६८ हजार ४४१, ०१६ मा ५८ हजार ८७३, ०१५ मा ४१ हजार ९४३, ०१४ मा ३९ हजार १९१, ०१३ मा ३४ हजार २०२, ०१२ मा २८ हजार ३६६, ०११ मा २४ हजार ८४६, ०१० मा २३ हजार १९० जना र ००९ मा २२ हजार ४१ जना क्यान्सरका बिरामीले सेवा लिएका छन् ।

अस्पतालमा आउनेमध्ये सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी छन् । अस्पतालमा अहिलेसम्म दुई हजार ६ सय १५ जना फोक्सोका क्यान्सरका बिरामी आएका अस्पतालका मेडिकल रेकर्ड अधिकृत प्रेम सुजखूले बताए । यस्तै, स्तन क्यान्सरका एक हजार ९८९ जना, पाठेघरका दुई हजार ३११, पेटसम्बन्धी एक हजार चारजना र अन्डाशयको क्यान्सरका बिरामी ६०४ जना रहेका छन् ।

ठाउँ नहुँदा सेवा प्रभावित
नगरपालिकाले उपलब्ध गराएको जग्गामा बनेको अस्पतालको भवन साँघुरो छ । बिरामी र कुरुवाका लागि पर्याप्त बस्ने ठाउँसमेत छैन । एक सयवटा बेड सञ्चालनको अनुमति लिएको अस्पतालले एक सय ४२ वटा बेड राखेको छ । तर, अझै पनि बिरामीले अस्पतालमै राखेर उपचार गराउन पाइने सुविधा छैन ।

लामो समय राख्नुपर्ने बिरामीलाई अस्पतालले भर्ना हुँदैदेखि बाहिर कोठा खोज्न दबाब दिन्छ । ‘अस्पतालमा भर्ना मात्रै गरेका थियौँ, डाक्टरले बाहिर कोठा खोजेर राख्न भने, अस्पतालमा बस्ने ठाउँ नै पाइँदैन,’ एकजना बिरामीका आफन्तले भने ।

अस्पतालमा दैनिक फलोअप र नियमित परीक्षणका लागि आउने बिरामीले लाइन बस्नुपर्छ । बिरामी र बिरामीका आफन्त बस्ने ठाउँ नपाएर पिँढीमै बस्न बाध्य हुन्छन् । अस्पताल परिसरमा पार्किङस्थलसमेत छैन । बिरामी र आफन्तका सवारी सडक र सडकपेटीमै पार्किङ गरिँदा अस्पतालअघि दैनिकजसो सडक जाम हुने गरेको छ ।

निःशुल्क बस सेवा
अस्पतालले बिरामी तथा सहयोगीहरूको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । अस्पतालमा नियमित आउने बिरामीलाई आवत–जावतका लागि निःशुल्क बस सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ । बिहान साढे पाँचदेखि साँझ साढे आठ बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउने–लाने व्यवस्था गरेको प्रशासक तजलेले बताए । अस्पतालले दुईवटा बस लिएको छ ।

विपन्न बिरामीलाई १२ अर्बभन्दा बढी राहत
सरकारले क्यान्सर उपचारमा दिँदै आएको विपन्न राहतका कारण पनि अस्पतालमा बिरामीको चाप बढेको हो । अस्पतालले विपन्न क्यान्सर रोगीलाई राहतस्वरूप १२ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

कागजात पूरा गरी अस्पताल आफैँले राहतबापतको सेवा बिरामीलाई सहज रूपमा उपलब्ध गराउने गरेको प्रशासक तजलेले बताए । अस्पतालबाट अहिलेसम्म १२ हजार ८९८ जनाले प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले विपन्न राहत सेवा लिएका हुन् ।

सरकारले ०६४र६५ बाट सुरु गरेको विपन्न राहत कार्यक्रमबाट हालसम्म १२ हजार ८९८ जनालाई राहत उपलब्ध गराएको प्रशासक राजाराम तजलेले बताए । उनका अनुसार अस्पतालबाट आव ०७५/७६ मा १९७३, ०७४/७५ मा २१२३, ०७३/७४ मा २०१७, ०७२/७३ मा १८१५, ०७१/७२ मा १३४८, ०७०/७१ मा १४१७, ०६९/७० मा ५५०, ०६८/६९ मा ५४८, ०६७/०६८ मा ४७७, ०६६/६७ मा ३९०, ०६५/६६ मा २२० र ०६४/६५ मा २० जनाले सरकारको विपन्न राहत सेवा लिएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।