५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

साताअघि सिंहदरबारभित्रै मनाइयो तीज

साताअघि सिंहदरबारभित्रै मनाइयो तीज
अ+ अ-

काठमाडौं। तीज आउन सात दिन बाँकी छँदै मुलुकको केन्द्रीय सचिवालय सिंहदरबारमा मंगलबार नाचगानसहित यो पर्व मनाइयो। यो खबर सार्वजनिक भएपछि नागरिक समाजमा अधिकारकर्मी महिलाहरूले ‘कर्मचारीलाई पनि तीज मनाउन मन त लाग्दोरहेछ त, हामीलाई चाहिँ यता नगर र यसरी नगर भन्दै किन रोक लगाएको’ भनेर प्रश्न गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार छुट्टै माहोल थियो। सरकारी पोसाकमा आउने महिला कर्मचारी रातो साडीमा सजिएका थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजना गर्नुभएको तीजको शुभकामना कार्यक्रमले मन्त्रालयको सभाहल खचाखच थियो।

कार्यक्रमको शुरूमै महिलाले ऊर्जा मन्त्रालयमा गर्नुपर्ने कामदेखि कर्मचारीको पिर–मर्कासमेत समावेश गरेर गीत प्रस्तुत गरेका थिए। महिलाले गीत बजाउँदा मन्त्री पुनले भने ताली बजाइरहनुभएको थियो। महिला कर्मचारीले मन्त्री पुनले गरेको कामको प्रशंसा गर्दै गीत आएका थिए।

पर्व आउनु एक महिनाअघिदेखि तीजलाई खर्चिलो र भड्किलो नबनाउन गृह मन्त्रालयले यसअघि जारी गरेको विज्ञप्ति कार्यान्वयनमा आउन सकेको छैन। तीजमा ‘बढ्दो विकृति रोक्न’ भन्दै कतिपय जिल्ला प्रशासन कार्यालयले पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम गर्न प्रतिबन्ध लगाएका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम नगर्न सूचना नै जारी गर्यो। तीजको लवाइखवाइ भड्किलो बन्न थालेको भन्दै केही वर्षयता गृह मन्त्रालयले भड्किलो तीज नमनाउन सूचना जारी गर्दै आएको छ।

ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले मन्त्रीको आग्रहमा तीजको शुभकामना कार्यक्रम राखिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मन्त्री पुनको कार्य व्यस्तताका कारण उहाँले तीज आउनुअघि नै शुभकामना कार्यक्रम आयोजना गर्नुभएको हो।’

‘पर्व मनाउनु राम्रो हो तर कार्यालय समय जसका लागि कर्मचारीले जनताको करको तलब खाएका छन्, त्यही समय खर्च गरिनु ठीक होइन।’ –एक अधिकारकर्मी महिलाले भन्नुभयो।

‘गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी प्यालेसमा ५० जनाभन्दा बढी जम्मा भएर दर खाने तथा तीज कार्यक्रम गर्न नपाइने सूचना जारी गरेको थियो। तर, कार्यान्वयन भने हुन सकेन।

जसरी पहिले–पहिले खास दिनमा मात्र व्रत बस्ने, नाचगान गर्ने र दर खाने प्रचलनका साथ तीज मनाइन्थ्यो त्यसरी पछिल्लो समय मनाइँदैन, अधिकारसँग जोडेर यसलाई मनाइनु स्वागतयोग्य छ।’ –महिला अधिकारकर्मीहरू बताउँछन्।

महिला अधिकारकर्मी अमृता लम्सालले सरकार कतै तीजमा पार्टी प्यालेसमा दर खान नहुने सूचना जारी गरेर सिंहदरबारमा तीजको कार्यक्रम गर्नु भने राम्रो पक्ष नभएको बताउनुभयो। चर्चित लेखिकासमेत रहेकी लम्सालले महिलाले मनाउँदै आएको पर्वलाई बाधा पुग्ने गरी सूचना जारी गर्नु पनि उत्तिकै गलत भएको टिप्पणी गर्नुभयो।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।