५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

मेयर-उपमेयर बोलचालै बन्द

मेयर-उपमेयर बोलचालै बन्द
अ+ अ-

रौतहट । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरिएको थियो, उनीहरू नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो र ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ ।

गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष विवादले कामकारबाही सहज रूपमा अघि बढ्न सकेका छैनन् । समस्या ज्युँका त्युँ छन् । नगरपालिकामा पनि मेयर–उपमेयर बोलचाल छैन । त्यसले नगरका कामकारबाही चुस्तदुरुस्त रूपमा अघि बढ्ने कुरै भएन । त्यसैको एउटा उदाहरण हो, रौतहटको राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र सिंह र उपमेयर अंशु सिंहबीचको विवाद ।

उनीहरूबीच बोलचाल छैन । मेयर–उपमेयर तनावले न्यायिक समितिका कामठप्प छन् । समितिलाई मेयरले असहयोग गरेको उपमेयर सिंहको आरोप छ । ‘मेयरले सबै काममा एकलौटी गर्न खोज्छन् । विकास निर्माणको काममा पनि बाइपास गर्छन्,’ उनले भनिन्, ‘मिलेर जाऊँभन्दा एक्ल्याउन खोजेपछि बाध्य भएर विरोधमा उत्रिएकी हुँ ।’ यस्तै विषयमा कुरा नमिल्दा मेयरसित बोलचाल बन्द भएको उनले स्विकारिन् । दुवैबीच सम्बन्ध सुधारका लागि सीडीओ किरण थापाले पहल गरे । सीडीओनिर दुवै जना बोले पनि । तर कार्यालयमा उनीहरू अझै सहज हुन सकेका छैनन् ।

मेयर सिंहले कांग्रेस र उपमेयर अंशुले राजपाबाट चुनाव जितेका हुन् । आफूहरूबीच बोलचाल बन्द भएकोबारे मेयर सिंह बोल्न चाहेनन् । उपमेयरले गर्नुपर्ने काममा कुनै किसिमको बाधा नपुर्‍याएको उनको दाबी गरे ।

कटहरिया नगरपालिका उपमेयर नुरजाहा खातुन र मेयर सियाराम कुशवाहबीच पनि बोलचालछैन । उपमेयरविरुद्ध हिनामिनाको आरोप लागेपछि दुवैबीच सम्बन्ध चिसिएको छ । मेयर कुशवाहकर्तव्य ज्यान मुद्दामा जेल पर्दा कार्यवाहक भई खातुनले नगरपालिका चलाएकी थिइन् ।

त्यसै बेला उनले नगरपालिकाको बजेट हिनामिना गरेको आरोप लाग्यो । ‘धेरै समय भयो मेयरसित बोलचाल बन्द भएको,’ उपमेयर खातुनले भनिन्, ‘मलाई हेप्ने र अपमान गर्ने काम भइरहेको छ । अनि किन बोल्नु रु’मेयर कुशवाह र उपमेयर खातुनले तत्कालीन माओवादीबाट चुनाव जितेका हुन् । कुशवाह जेलमुक्त भएदेखि नै उनीहरूबीचको सम्बन्ध कहिल्यै राम्रो भएन । मेयर कुशवाहले भने सम्बन्ध सधैं राम्रो रहेकोदाबी गरे । ‘हामीबीच नराम्रो भन्ने छैन,’ उनले भने, ‘मिलेर काम गरिरहेका छौं ।’

एक महिनाअघि सम्पन्न नगरपरिषद्लाई उपमेयर खातुनले बहिष्कार गरिन् । उनी परिषद् उद्घाटनमा पनि गइनन् । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थासम्बन्धी आदेश २०७४ मा उपप्रमुखलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समितिको संयोजक, योजना अनुगमन मूल्यांकन समितिको संयोजक, बजेट परामर्श समितिको संयोजक, विकास बजेट सिलिङ गर्ने समितिको संयोजकलगायतका महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । यही जिम्मेवारी मेयरले नदिएको उनीहरूको गुनासो छ ।

स्थानीय तहभित्र सञ्चालित विभिन्न योजनाको अन्तिम अनुगमन तथा भुक्तानीका लागि सिफारिस गर्ने अधिकार उपमेयरलाई दिइएको छ । तर यो अधिकार पनि मेयरले प्रयोग गर्दै आएका छन् । विकास बजेटको योजना बनाउँदा मनोपोली ढंगले गरेको भन्दै दुई महिनाअघि गुजरा नगरपालिकाका उपमेयर रौसना खातुनले प्राविधिक फाँटको ल्यापटप तोडफोड गरिन् । त्यसपछि मेयर–उपमेयरबीच तनाव बढ्यो । बोलचालै बन्द भयो ।

‘नगरपालिकामा के भइरहेको छ भन्ने जानकारी पाउन मुस्किल हुन्छ,’ उपमेयर खातुनले भनिन्, ‘सबथोक मेयरले गर्ने भए उपमेयरको कामचाहिँ के त रु’ रौतहटमा १८ स्थानीय तह छन् । १७ वटामा उपमेयर र एकमा मेयर महिला छन् । मौलापुर नगरपालिकामा महिला मेयर छिन् । मेयरले एकलौटी गरेको, योजना बाँडफाँटमा बेवास्ता, कामको बाँडफाँट र सहकार्य नगरेको त्यहाँका उपमेयरको पनि गुनासो छ । आफूलाई अध्यक्ष श्रीप्रसाद मुखियाले दुर्व्यवहार गरेको भन्दै यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहले आरोप लगाएपछि उनीहरूबीच ‘पानी बाराबार’को अवस्था छ ।

स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थासम्बन्धी आदेश २०७४ को अधिकारसमेत प्रयोग गर्नबाट वञ्चित हुनु न्यायोचित नभएको गरुडा नगरपालिका उपमेयर रंगिला देवीको गुनासो छ । फतुवा विजयपुरका मेयर गोपालराय यादव र उपमेयर कान्तिदेवीबीच बोलचाल बन्द भएपछि दुवैले छुट्टाछुट्टै कार्यालय खोलेर बसेका थिए ।

दुवैबीच सम्बन्ध चिसिएपछि नगरपालिकाको कामकारबाही प्रभावित छ । इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उपमेयर हुसने आराबीच सम्बन्ध राम्रो छैन । मेयर मेहता र प्रशासकीय प्रमुख मिलेर कार्यपालिकालाई बाइपास गरी भ्रष्टाचार गरेको उनको आरोप छ ।

देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल र उपमेयर परनिया देवीबीच पनि सम्बन्ध बिग्रिएको छ । पटेलले मधेसवादी र परनिया तत्कालीन माओवादीबाट चुनाव जितेका हुन् । केही दिनअघि यो नगरपालिका दुवैबीच तनाब बढेपछि झडपकै अवस्था आएको थियो । गौर, चन्द्रपुर, गढिमाई, गरुडा, बौधिमाईलगायत स्थानीय तहमा मेयर र उपमेयरबीच सम्बन्ध राम्रो छैन ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।