५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

अब मेयरलाई भेट्न पाईन्ट लगाउनुपर्ने

अब मेयरलाई भेट्न पाईन्ट लगाउनुपर्ने
अ+ अ-

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोसाक लगाएर आउन अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछिको समय तोकेको छ ।

हाफ पाइन्ट तथा भड्किला लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए । ‘चिनजान मान्छेहरू जुनसुकै समयमा र जस्तोसुकै पोसाकमा आउँछन्,’ उनले भने, ‘भेट्ने समय र पोसाक दुवैलाई मर्यादित बनाउन नियम ल्याएका हौँ ।’ कार्यालय भएपछि भेट्न आउने मान्छेको कमी हुँदैन ।

सबै अफिस तथा कार्यालयमा व्यक्तिगत भेटघाट २ बजेपछि मात्र हुने हुँदा यस्तो नियम ल्याएको उनले बताए । भेटघाट मात्र गर्ने होभने अफिसको काम गर्न समय नपुग्ने उनको भनाइ छ । सेवाग्राहीले भने जुनसुकै समयमा भेट्न मिल्ने उनले बताए । सेवाग्राहीभन्दा पनि बढी चिनजानेका मान्छेहरू कार्यालयभित्र हाफ पाइन्ट लगाएर आउने गरेको उनको अनुभव छ ।

नगरपालिकाले अफिस भएका कारण मर्यादित पोसाकमा आउन अनुरोध गरेको जनाएको छ । हालका लागि यो नियम अनिवार्य नगरे पनि नगरबासीको प्रतिक्रिया हेरेर अनिवार्य गरिने छ । अहिले हाफ पाइन्ट लगाएर आउनेलाई सम्झाएर पठाउने गरेको छ ।

उपप्रमुख तथा प्रवक्ता सरस्वती खड्काका अनुसार प्रहरी कार्यालय तथा अदालतमा पनि हाल्फ पाइन्ट, ग्रन्ज पाइन्टलगाएर प्रवेश पाइदैन । उनले भनिन्, ‘त्यसैले नगरपालिका पनि एउटा कार्यालय भएकाले मर्यादित बनाउन खोजेका हौँ ।’, समाचार कान्तिपुर दैनिकमका प्रकाशित छ ।