१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

थानकोटमा दिउँसै अँध्यारो



अ+ अ-

काठमाडौँ । चर्को घाम । धुलाम्य सडक । सवारीसाधनको चर्कै आवाज । पुराना गाडीले फ्याँकेको कालो धुवाँ पनि सहनै पर्छ, थानकोट चेकपोस्ट पुगेपछि । चेकपोस्टको महादेवस्थान आवासदेखि एनसीसी बैंकसम्मको बाटोमा साधारण मास्कले छेक्दैन धूलो र धुवाँ ।

तल गुर्जुधारातर्फ र चेकपोस्टभन्दा माथिका सडक पिच भए पनि बीच भागमा रहेको चेकपोस्टको सडक अलपत्र छन् । सडकको एकतर्फी करिब ८ सय मिटर सडक खनेर अलपत्र छाडेको स्थानीय बताउँछन् ।

पिच सडकमा हिँड्न नपाउने शंका व्यक्त गर्छन्, स्थानीय भूपाल त्रीपाठी । उनले त्यहाँका घरधनीले सडक निर्माणमा अवरोध गरेकाले चलनचल्तीअनुसार जग्गाको क्षतिपूर्ति दिएर तत्काल सडक पिच गर्नुपर्ने माग गरे ।‘केही स्थानीयले मुआब्जाका कारण घर भत्काएका छैनन्,’ उनले भने, ‘सरकारसँग घर भत्काउने पहुँच छ । क्षतिपूर्ति दिएर भए पनि सडक पिच हुनुपर्छ । ट्यांकरको पानी ल्याएर सडकमा छर्केर छारो हाल्ने कामले हुँदैन ।’

बीच भागको सडक अलपत्र पारेर स्थानीयलाई धूलोमा हिँड्न बाध्य बनाएको उनको गुनासो छ । ‘२०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ निरीक्षणमा आएर ४० दिनमा पिच गर्ने आश्वासन दिएका थिए,’ उनले भने, ‘निरीक्षण भएको २ वर्ष बित्दा पनि सडक अवस्था ज्युकात्युँ छ ।’ दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने सडकको अवस्था यस्तो छ ।

ठूलाठूला सवारीसाधन गुडदा त दिउँसै अँध्यारो हुन्छ, चेकपोस्ट खण्ड । चन्द्रागिरि नगरपालिका, वडा कार्यालय ६ र ७ मा सडकको गुनासो गर्दा पनि नसुनेको स्थानीयको भनाइ छ । घाम लाग्दा दिउँसै कुहिरीमण्डल र पानी पर्दा हिलाम्ये हुन्छ, कलंकी–नागढुंगा सडकखण्ड । एकतर्फीको बाटोमा निर्माण सामग्री यत्रतत्र फैलाएर राख्दा आउजाउ गर्ने गाह्रो भएको त्रिपाठीको भनाइ छ ।

खाजा पसल सञ्चालन गरिरहेका विष्णु भुसाल भन्छन्, ‘धूलोधुवाँका कारण व्यापार नै ठप्प छ । पसल सञ्चालन गरेको ३ महिना भयो । भाडा तिर्न पनि पैसा पुग्दैन । झ्यालढोकामा पर्दा राख्दा पनि धूलो पस्छ ।’ बाहिर उडेको धूलो देखेर नै ढोकामा आइपुगेको ग्राहकफर्किने गरेको उनको अनुभव छ ।

चुनाव नजिकिँदै गर्दा जनप्रतिनिधिहरू घरघरमा आइपुगे पनि चुनाव सकेपछि देख्न पनि नपाइने उनको गुनासो छ । ‘अहिलेका जनप्रतिनिधि पेट भर्न मात्र तल्लीन छन्,’ उनले भने, ‘चुनाव सकेपछि फर्केर नहेर्ने प्रवृत्ति छ ।’ सोही ठाउँकी अर्की स्थानीय सीता चापागाईको पनि समस्या उस्तै छ । निर्माण व्यवसायी र कर्मचारीकै मिलेमतोमा समयमा काम हुन नसकेको उनको भनाइ छ । धूलोले सास्ती दिएको बताउँदै उनले भनिन्, ‘पिचको काम समयमा हुन नसक्दा धूलोले स्वास्थ्यमा समेत असर पारेको छ । दिउँसो उड्ने धूलोले नजिकैको मान्छे पनि देखिँदैन । घरका कोठादेखि भान्साका खानामा पनि धूलो बस्छ ।’

सडक निर्माण २०७६ असारसम्ममा सक्ने गरी २०७२ सालमा बज्रगुरुरबिरुवारसीएम जेभीसँग ३९ करोड २९ लाख ६४ हजार, शर्मारशैलुङरकान्छाराम जेभीसँग २९ करोड ५५ लाख ३२ हजार, लुम्बिनीरशैलुङरसाप जेभीसँग २८ करोड ७९ लाख ९७ हजार र शर्मारशैलुङरकान्छाराम जेभीसँग ५४ करोड ६७ लाख ५८ हजारमा ठेक्का सम्झौता भएको थियो । तर म्याद सकिए पनि अझैकाम पूरा हुन सकेको छैन ।

थानकोट चेकपोस्टमा धेरै काम बाकीँ नरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठ बताउँछन् । हाल निर्माण गरिरहेको कम्पनीले घर भत्काउने अनि सडक पिच गर्ने भनी पर्खिँदैन, जति खुल्ला सडक छ त्यतिमा नै काम गर्ने उनको भनाइ छ । ‘कम्पनीसँग मंसिरसम्ममा काम सकाउने निणर्य भइसकेको छ,’ उनले भने, ‘अब त्यहाण्ँका स्थानीयको समस्या छिट्टै अन्त्य हुन्छ ।’ यही घर भत्काएर सडकको चौडाइ बढाउने तथा अन्य काम पनि अर्को कम्पनी आहृवान गरेर पुनः काम गर्ने उनले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।