५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

१० वर्षमा ७ पटक गर्भपतन

१० वर्षमा ७ पटक गर्भपतन
अ+ अ-

काठमाडौँ । उमेरले तीन दशक पनि नकाटेकी उनको अनुहारमा चाउरी देखिन्छ । शरीर पनि ख्याउटे छ । काखमा पाँच सन्तान छन् । थोरै काम धेरै थकानले उनी दिक्क छिन् । २७ वर्षको उमेरमा सात पटक गरेको गर्भपतनका कारण शारीरिक, मानसिक र आर्थिक हिसाबले कमजोर भइसकेको उनी बताउँछिन् । ‘पाँचचोटि त औषधि खाएर बच्चा फालें । दुई पटक अप्रेसन गरें,’ उनले सुनाइन् ।

श्रीमान्ले परिवार नियोजनका साधन प्रयोग गर्न नमान्दा धेरै पटक गर्भपतन गर्नुपरेको उनले बताइन् । श्रीमान्ले आफूलाई पनि साधन प्रयोग गर्न नदिएको उनले दुखेसो पोखिन् । ‘प्रत्येक पटक गर्भपतन गर्न जाँदा स्वास्थ्यकर्मीले साधन प्रयोग किन नगरेको भन्दै हकार्छन्,’ उनले भनिन् । उनी धेरै पटक गर्भपतन गरेका कारण महिनावारी गडबडी र पाठेघर संक्रमणको सिकार भइसकेकी छन् । अझै कति पटक गर्भपतन गराउनुपर्ने हो भन्ने चिन्ताले पनि उत्तिकै सताएको छ ।

थापाथलीस्थित प्रसूति गृहमा असुरक्षित गर्भपतनका जटिलता लिएर उनीजस्ता महिला दिनहुँ इमर्जेन्सी कक्षमा भर्ना हुन्छन् । अत्यधिक रक्तस्रावले बेहोस हुने, औषधि सेवनपछि रक्तस्राव नरोकिने र संक्रमणका समस्या लिएर बढी महिला आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालकी प्रशासन प्रमुख रानु थापा भन्छिन्, ‘तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन नगराएका कारण कति त आधा गर्भ पेटमै छुटेर आउँछन् । अस्पताल भर्ना गरेर धेरै दिन उपचार गरेपश्चात् मात्रै उनीहरूलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।’

विशेषज्ञका अनुसार धेरै पटक गर्भपतन गराउँदा महिलाको ज्यानै जान सक्ने खतरा हुन्छ । गर्भपतनको जोखिमबारे जानकार नभएका महिलाले यसलाई परिवार नियोजनको साधनका रूपमा प्रयोग गरिरहेको स्त्रीरोग विशेषज्ञ डा। कीर्तिपाल सुवेदीले बताए । ‘जति पटक शरीरभित्र उपकरण छिरायो उति नै पाठेघर संक्रमित हुने जोखिम बढ्छ । असुरक्षित गर्भपतनले पाठेघरको क्यान्सर गराइदिन सक्छ,’ उनले भने ।

डा। सुवेदीले रक्तस्राव नरोकिएर कति महिलालाई आईसीयू र भेन्टिलेटरको सहारामा राख्नुपर्ने स्थिति आउने गरेको बताए । उनका अनुसार असुरक्षित गर्भपतनले मिर्गौला फेल गराएर ज्यानसमेत जान सक्छ । यौन सम्पर्क राख्दा परिवार नियोजनका साधन प्रयोग गरी सकेसम्म गर्भपतन गर्नुपर्ने स्थिति नै आउन नदिन डा। सुवेदी सल्लाह दिन्छन् । ‘गर्भपतन नै गर्नुपरे नेपाल सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्था र तालिम प्राप्त चिकित्सक या स्वास्थ्यकर्मीकहाँ जानुपर्छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार असुरक्षित गर्भपतनको जटिलताका कारण विश्वमा ५० लाख महिला विभिन्न रोगबाट ग्रसित छन् । १३ प्रतिशत मातृ मृत्युदरको कारण पनि यही हो । विश्वमा प्रतिवर्ष करिब ५ करोड महिलाले गर्भपतन गराउँछन् । ४५ प्रतिशत गर्भपतन असुरक्षित नै हुने गरेको छ । नेपाल स्वास्थ्य तथा जनसांख्यिक अध्ययन २०१६ को तथ्यांकअनुसार नेपालमा अझै ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराइरहेका छन् । असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक अवसरमा बाधा पुर्‍याइरहेको छ ।

डा। सुवेदी २० वर्षमुनिका किशोरीले गर्भपतन गराउँदा उनीहरूमा बाँझोपनसमेत बढ्ने बताउँछन् । सरकारी स्वास्थ्य संस्था किशोरीमैत्रीपूर्ण नहुँदा उनीहरू असुरक्षित गर्भपतनतर्फ धकेलिएका छन् । असुरक्षित गर्भपतन घटाउन निःशुल्क सेवामा मात्रै लगानी नगरी सरकारले गर्भपतनबारे विद्यालय, घर र समुदायलाई नै सचेत गराउनुपर्ने प्रसूति गृहका गर्भपतन सेवा इन्चार्ज जयन्ती छत्यालले बताइन् । उनले भनिन्, ‘गर्भपतनले कानुनी मान्यता पाइसक्यो, यो निःशुल्क छ भन्ने सहरका शिक्षित महिलालाई नै थाहा छैन । यहाँ आएका अधिकांशले गर्भपतन सेवाको शुल्क सोध्छन् ।’ गोपनीयतामा ढुक्क हुन नसक्दा कमै मात्रै किशोरी यो सेवा लिन आउने गरेको उनले बताइन् ।

नेपालमा १६ वर्षअघि गर्भपतनले कानुनी मान्यता पाएको हो । यससँगै सरकारी संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा पनि सुरु भयो । तरविभिन्न कारणले महिला अझै असुरक्षितगर्भपतनतर्फ धकेलिइरहेका छन् । कृपाले २०१४ मा गरेको अध्ययनअनुसार नेपालमा गर्भपतन गर्ने आधाभन्दा बढीले असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले महिलाको मञ्जुरीमा १२ सातासम्मको गर्भपतन गराउन मिल्ने व्यवस्था गरेको छ । गर्भपतन नगराए महिलाको ज्यान जान सक्ने खतरा भए मञ्जुरीमा त्यस्तो गर्भपतन गराउन मिल्छ । गर्भवती महिलालाई करकाप गरी, डराइधम्क्याई या कुनै प्रलोभनमा पारी गर्भपतन गराउन भने कानुनले बन्देज लगाएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।