१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमा असहमति कायमै : उपसमितिले अपूरो प्रतिवेदन बुझायो



अ+ अ-

काठमाडौँ । नेपाल नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठित उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेस गरेको छ ।

नागरिकता विधेयकका विवादित विषयमा सहमति नगरेकाले हजारौं सर्वसाधारण नागरिकता लिन वञ्चित भएको आवाज उठिरहेका बेला उपसमितिले निर्णय दिन नसक्दा झन् अन्योल बढेको छ । उपसमितिका संयोजक तथा सत्तापक्षीय सांसद विजय सुब्बाले सहमति हुन नसकेको प्रतिवेदनलाई समितिकी सभापति शशी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

विदेशी महिलाले नेपालीसँग विवाह गरेपछि दिइने अंगीकृत नागरिकता, सरकारी टोलीबाट ठाउँठाउँमा गर्ने नागरिकता वितरण जस्ता विषयमा सहमति जुट्न नसकेपछि उपसमितिले विवादित विषय जस्ताको तस्तै पेस गरेको हो । प्रस्तावित विधेयकमा सरकारले आवश्यक देखे नागरिकता वितरण गर्न टोली खटाउन सक्ने व्यवस्था राखिएको छ । उक्त व्यवस्था नराख्न सांसदहरूले असहमति जनाएपछि उपसमितिलाई जिम्मा लगाइएको थियो ।

विवाद मिलाएर सुझाव पेस गर्न सुब्बाको संयोजकत्वमा गत चैतमा ९ सदस्यीय उपसमिति गठन गरिएको थियो । २०७५ साउनमा प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक सोही वर्षको भदौदेखि राज्य व्यवस्थामा छलफल क्रममा छ । उक्त विधेयकका विवादित विषय फेरि समितिमा छलफल गर्नुपर्ने भएको छ । संयोजक सुब्बाले विवाद समाधान गर्न ९ पटक बैठक बसेर बृहत् छलफल गरे पनि सफल हुन नसकेको बताए । उनले भने, ‘पार्टीका माथिल्लो तहका नेताहरूसँग कुराकानी नै भएन ।’

सरकारी टोलीले नागरिकता वितरण गर्ने र विदेशी नागरिक विवाह गरेमा अंगीकृत नागरिकता तुरुन्तै दिने कि केही वर्षपछि मात्र दिने भन्ने विषयमा विवाद भएको छ । धेरैजसो सांसदले ७ वर्षपछि मात्र त्यस्तो नागरिकता दिनुपर्ने प्रस्तावमा सहमति जनाएका छन् । उक्त प्रस्ताव सरकारले पेस गरेको विधेयकमा उल्लेख छ ।

केही सांसदले भने त्यस्ता महिलाले १५ वर्षमा मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । २०६४ सालको संविधानसभा निर्वाचन अघि खटिएको सरकारी टोलीले १ लाख ७० हजार ४२ हजारलाई जन्मका आधारमा नागरिकता दिएको थियो ।

अहिले उनीहरूका सन्तानले पनि नागरिकता पाएका छैनन् । नागरिकता ऐन २०६३ ले संविधानसभा अघि नागरिकता लिएका सन्तानका विषयमा केही नबोलेपछि थप समस्या भएको हो । सांसदहरूले प्रतिनिधिसभामा दिनैपिच्छे नागरिकता समस्या उठाइरहेका छन् । नयाँ संविधानले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने व्यवस्था गरेको छ ।

संविधानको धारा ११९३० मा बाबु र आमा नेपाली नागरिक भएमा उनीहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउने उल्लेख छ । संयोजक सुब्बाका अनुसार झूटो विवरण पेस गरेर नागरिकता लिनेमाथि गरिने सजायलगायत विषयमा भने सहमति जुटेको बताए ।

स्वदेशी व्यक्तिले झूटो विवरण दिएर नागरिकता प्राप्त गरेमा वा विवरण सच्याएमा ६ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । झूटो विवरणका आधारमा नागरिकता दिलाएमा ६ महिनादेखि १ वर्ष कैद र २५ हजारदेखि १ लाखसम्म जरिवाना हुने प्रावधान उपसमितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । नागरिकता लिइसकेपछि उसको बाबु विदेशी हो भन्ने ठहर भएमा त्यस्तो नागरिकता बदर हुनेछ ।

बैठक स्थगित
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठक गणपूरक संख्या नपुगेकाले स्थगित भएको छ । समितिले संघीय निजामती कर्मचारीको सेवासर्तसमबन्धी विधेयकमाथि छलफलको सूची बनाएको थियो ।

उक्त विधेयकको दफावार छलफल सकिएपछि अन्तिम रूप दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा लगाइएको थियो । तर सांसदहरू नै अनुपस्थित भएपछि मन्त्रालयका सचिव यादव कोइरालासहित सभापति बैठक नगरी फर्केका थिए । २६ सदस्यीय समितिमा १३ जना मात्र उपस्थित भएका थिए । नागरिकता विधेयकको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम पनि रोकिएको थियो ।

सभापति श्रेष्ठले भनिन्, ‘अब नागरिकता विधेयकमा उल्लेखित विवादित विषयको निकास समितिमा छलफल गरेर निकालिने छ ।’ उपस्थित सांसदले उपसमितिले दिएको नागरिकता विधेयकमा अनौपचारिक छलफल गरेको सांसद प्रेम सुवालले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।