५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

परीक्षा नदिएरै आयो करिश्माको एसईईको मार्कसिट

परीक्षा नदिएरै आयो करिश्माको एसईईको मार्कसिट
अ+ अ-

बैतडी । सुन्दै अचम्म लाग्ने कुरा ? परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ?, आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ ।

जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले एसईई परीक्षामा सहभागी नभए पनि करिश्मा चन्दको १.६५ जिपिएको मार्कसिट आएको बताउनुभयो । करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० “एन” र जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

प्रधानाध्यापक चन्दले भन्नुभयो, “ करिश्मा चन्द कक्षा १० मा भर्ना भएर दुई/तीन महिना पढेर विद्यालय आउन छोडेकी हुन् । परिवारबाट विवाह गरेर डोटी गएको खबर पाएपछि विद्यालयले एसईई फाराम भरेन ।

परीक्षामा कतै सहभागी पनि नभएकी करिश्माको अचानक कसरी मार्कसिट आयो ? हामी अचम्ममा परेका छौं ।”

परीक्षा नदिएर पनि छोरीको मार्कसिट आएकोमा बुवा केशवबहादुर चन्दले खुशी हुँदै विद्यालयले मार्कसिट दियो भने छोरीको घरमा पुर्याई दिने बताउनुभयो ।

चन्दले भन्नुभयो, “पढ्न स्कुल पठाएकी छोरी मोबाईलबाट डोटीतिरको केटासंग कुराकानी हुँदो रहेछ । भागेर गएको हामीले पनि निकै दिनपछि थाहा पायौं । फोनले गर्दा छोरीको पढाई बिग्रेकोमा चिन्ता लागेको थियो । परीक्षा नदिए पनि सर्टिफिकेट आएछ ! अचम्मै भयो नि !”

एसईई परीक्षा नदिए पनि मार्कसिट आएको विषयमा करिश्मा चन्दले समेत आश्चर्य प्रकट गर्नुभयो । डोटीबाट फोनमा कुरा गर्दै करिश्माले भन्नुभयो, “ हेर्नु न दाइ ! फोनबाट कुराकानी हुँदा डोटीको केटासंग लब पर्यो । पढाई छाडेर नभागेको भए कति राम्रो हुने थियो । श्रीमानले पनि पढाई छोडेर रोजगारीका लागि भारत जानु भएको छ । नरमाईलो भयो मेरो त जिन्दगी । ”

एसईई परीक्षा नदिएरै करिश्मा चन्दको कसरी मार्कसिट आयो ? भन्ने विषयमा शिक्षा विकास तथा समन्वय ईकाईमा रहेका एसईई दिने विद्यालय र परीक्षार्थीको नामावली खोज्दा सारदा माध्यमिक विद्यालय ढुङ्गाढको फाईलमा करिश्माको नाम भेटिएन ।

२०७५ सालको एसईई परीक्षामा सारदा माध्यमिक विद्यालयबाट ३४ जना विद्यार्थीले परीक्षामा सहभागि हुन रजिष्ट्रेशन फाराम भरेको पाईएको छ । ती ३४ जना बिद्यार्थी मध्ये करिश्मा चन्दको नाम कहि कतै उल्लेख छैन ।

अझै खोजी गर्दै जाँदा करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० “एन” र सोही विद्यालयबाट परीक्षा दिने परीक्षार्थी सरिता लुहारको पनि सिम्बोल नम्बर ०७५११८० “एन” एउटै रहेको फेला परे पनि जन्म मिति भने फरक रहेको छ ।

सरिता लुहारको रजिष्ट्रेशन फाराममा जन्ममिति २०५७ असार १० गते उल्लेख छ भने करिश्मा चन्दको मार्कसिटमा जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

जिल्ला शिक्षा अधिकारी नरेन्द्रप्रसाद अवस्थी लगायतका कर्मचारीले राष्ट्रिय परीक्षा बोर्डको एसईई परीक्षाको नतिजा हेर्न मिल्ने साईटमा गएर सिम्बोल नम्बर ०७५११८० “एन” टाईप गर्दा करिश्मा चन्द नाम गरेकै विद्यार्थी फेला परेको छ ।

शिक्षा समन्वय अधिकारी नरेन्द्रप्रसाद अवस्थीले सरिता लुहारले मार्कसिट नपाएको भए सरिताकै हुन सक्ने बताउनुभयो ।

समन्वय अधिकारी अवस्थीले भन्नुभयो, परीक्षा नै नदिएको विद्यार्थीको कसरी मर्कसिट आयो रु योत अचम्म भयो । यदि सरिता लुहारले मार्कसिट नपाएको भए करिश्माको नाममा आएको मार्कसिट सरिताको हुनु पर्छ र मार्कसिट पाउन सरिताले निवेदन दिनुपर्छ ।

यो विषयमा सारदामा मावि ढुङ्गाढका प्रधानाध्यापक मीन बहादुर चन्दले सरिता लुहारले नियमित अध्ययन गरेर एसईई परीक्षा दिए पनि मार्कसिट नआएको बताउनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।