५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

तिब्बत हुँदै हुम्लामा खाद्यान्न : प्रतिकेजी सिमकोटमा २८ र यालबाङमा ११४ रुपैयाँसम्म सस्तो

तिब्बत हुँदै हुम्लामा खाद्यान्न : प्रतिकेजी सिमकोटमा २८ र यालबाङमा ११४ रुपैयाँसम्म सस्तो
अ+ अ-

हुम्ला । हुम्लाका लागि पठाइने खाद्यान्नको मूल्य सस्तो पर्ने भएकाले काठमाडौंबाट पहिलोपल्ट केरुङ नाका र तिब्बती भूमि हुँदै ढुवानी सुरु गरिएको छ ।

यो मार्गबाट ल्याएको चामल जिल्लाको यालबाङसम्म आइपुग्दा प्रतिकेजी ४२ रुपैयाँ र त्यहाँबाट सदरमुकाम सिमकोटसम्म ल्याउन गाडी र खच्चड ढुवानी खर्च ४३ रुपैयाँ गरी प्रतिकेजी ८५ रुपैयाँ मात्र पर्ने भएको छ । यो मूल्य विगतमा नेपालगन्ज हुँदै सिमकोट ल्याइपुर्‍याउँदाको भन्दा २८ रुपैयाँ कम हो ।

नेपाल खाद्य संस्थान हुम्ला शाखाका कर्मचारी सुरेन्द्र पोख्रेलका अनुसार यसअघि सुर्खेत हुँदै ल्याउँदा प्रतिकेजी १ सय ५ रुपैयाँ र नेपालगन्ज हुँदै ल्याउँदा १ सय १३ रुपैयाँ पर्ने गरेको थियो । काठमाडौंबाट पठाइएको खाद्यान्न अहिले केरुङ नाका आइपुगेको छ । केरुङबाट तिब्बती भूमि हुँदै दुई दिनमा हुम्ला आइपुग्ने नेपाल खाद्य संस्थानले जनाएको छ । काठमाडौंबाट केरुङ नाका र तिब्बत भएर हुम्लासम्म खाद्यान्न आइपुग्न करिब ६ दिन लाग्छ । तिब्बती भूमिमा मात्र दुई दिन समय लाग्नेछ ।

अघिल्लो वर्ष संस्थानले हुम्लाका लागि ५ हजार ५ सय ५० क्विन्टल चामलको कोटा थपेको थियो । सोही चामल हुम्ला पुर्‍याउन तिब्बतको स्थलमार्ग प्रयोग गरिएको संस्थानका सिमकोट शाखा प्रमुख रामबहादुर विष्टले बताए । ‘चामल केरुङ आइपुगेको छ, अब दुईरतीन दिनमै हुम्ला पुर्‍याइनेछ,’ उनले टेलिफोनमा भने, ‘तिब्बती बाटोबाट ढुवानी गर्न प्रक्रियागत जटिलता भए पनि आर्थिक रूपमा सस्तो हुने भएकाले यो मार्ग प्रयोग गरिएको हो ।’ तिब्बती मार्ग भएर आएको खाद्यान्न हिल्सा पुर्‍याइएपछि त्यहाँबाट सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकाको यालबाङ वितरण केन्द्रमा पठाइनेछ । ४ हजार क्विन्टल सिमकोट र बाँकी यालबाङमा वितरण गरिने संस्थानका शाखा प्रमुख विष्टले बताए ।

ढिलोमा बिहीबारसम्म खाद्यान्न हिल्सामा पुगिसक्ने उनले जानकारी दिए । हिल्साबाट यालबाङ र सिमकोट पुग्न थप एकरदुई दिन लाग्नेछ । यालबाङका लागि भने तिब्बती मार्गबाट ढुवानी गरिएको चामलनिकै सस्तो अर्थात् ४२ रुपैयाँप्रतिकेजी मात्र पर्नेछ । विगतमा नेपालगन्जबाट ल्याएको चामल सिमकोटमै ११३ रुपैयाँ र त्यहाँबाट यालबाङसम्म उकाल्दा थप ४३ रुपैयाँ प्रतिकेजी मूल्य बढ्थ्यो । त्यस हिसाबले १५६ रुपैयाँ प्रतिकेजी पर्ने चामल यालबाङवासीले योपल्ट ११४ रुपैयाँ सस्तोमा पाउने छन् ।

असारमै स्वीकृति पाए पनि प्रक्रिया मिलाउँदा ढिलाइ भएको ढुवानी जिम्मा लिएको चंखेली–देउतीबज्यै जेभीका प्रतिनिधि ध्रुव शाहीले बताए । खाद्य संस्थानले गाउँपालिकाको सिफारिसमा सदरमुकाममा एक जनालाई मासिक पाँच केजी र सदरमुकाम बाहिर तीन केजी चामल दिने गरेको छ । ‘जमिन मार्गबाट चामल आइपुगेपछि सहज हुनेछ’ खाद्य संस्थान हिल्साका नायब सुब्बा सुरेन्द्र पोखरेलले भने ।

गत आर्थिक वर्षमा संस्थानको सुर्खेत कार्यालयबाट ६ हजार ८ सय क्विन्टल र नेपालगन्ज कार्यालयबाट ६ हजार ४ सय २४ क्विन्टल खाद्यान्न हुम्ला पुर्‍याइएको थियो । यसका साथै स्थलमार्ग भएर सुर्खेत शाखाबाट ५ सय केजी र नेपालगन्ज शाखाबाट ५ सय २० क्विन्टल खाद्यान्न पनि हुम्ला ल्याइएको थियो ।

संस्थानका नेपालगन्जस्थित कार्यालय प्रमुख भरत खनियाँले आर्थिक रूपमा तिब्बतबाट सस्तो पर्ने भए पनि सजिलोका हिसाबले विगतमा हवाईमार्ग प्रयोग गर्दै आएको बताए । ‘काठमाडौंस्थित प्रधान कार्यालयबाट ल्याइने खाद्यान्नमात्र तिब्बत भएर पठाउन मिल्नेछ’ उनले भने ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।