५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

यौन शोषणबाट पीडितलाई घर छाड्न स्थानिय सरकरको उर्दी, पीडक खड्का बेपत्ता

यौन शोषणबाट पीडितलाई घर छाड्न स्थानिय सरकरको उर्दी, पीडक खड्का बेपत्ता
अ+ अ-

भद्रपुर । गत असार ३ गते झापा मेचीनगरका ५५ बर्से व्यक्तिविरुद्ध एक किशोरीले आफूलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरिन्। मेचीनगर-९ का स्थानीय विष्णु खड्काले एक वर्षयता धम्क्याएर यौन शोषण गर्दै आएको आरोप लगाउँदै आएकी ती किशोरीले इलाका प्रहरी कार्यालय धुलाबारीमा असार ३ गते किटानी जाहेरी दिएकी थिइन्। करिब ३ महिना बितिसक्दा पनि पीडक खड्का भने बेपत्ता छन्।

झापा मेचीनगर-९ को वडा कार्यालयले बलात्कारमा परेकी किशोरीको परिवारलाई घर छाड्न उर्दी जारी गरेको छ। दलित समुदायकी १७ वर्षीयालाई घरबेटी खड्काले बलात्कार गर्दै आएको ३ महिनाअघि मात्र सार्वजनिक भएको थियो। दलित किशोरीको परिवार खड्काकै घरमा डेरामा बस्दै आएको छ।

खड्काकी पत्नी पुष्पाले २ वर्षदेखि घर भाडा नतिरेको, घरमा दिनरात झै(झगडा गर्ने गरेको भन्दै वडा कार्यालयमा उजुरी दिएपछि त्यसकै आधारमा वडा कार्यालयले गत आइतबार घर छाड्न उर्दीसहित पत्र टाँसेको पीडितकी आमाले जानकारी दिइन्। उनले प्रत्येक महिना घरभाडा तिरेको बताएकी छन्। ‘घरभाडा नतिरेको बहानामा हामीलाई घर न घाटको बनाउन लागिएको हो,’ उनले भनिन्, ‘छोरी बलात्कार गरेको घटना सार्वजनिक भएपछि खड्का परिवारले यस्तो बहाना गरेको हो। त्यसभन्दा अघि सबै राम्रै थियो।’

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर टीकाबहादुर कार्कीले फरार अभियुक्तको खोजी तीव्र पारिएको दाबी गरेका छन्। ‘हामीले देशभरि नै पत्राचार गरेका छौं, खड्काका नेपालमा भएका आफन्तकोमा पनि खोजीको क्रम जारी छ,’ उनले भने।

दलित अधिकारकर्मी टीका मग्रातीले दलित परिवारलाई घरनिकाला गराउन स्थानीय समाज घटना बाहिरिएदेखि नै लागिपरेको आरोप लगाए। घटनालाई सुरुवातदेखि नै खबरदारी गर्दै आएकी अधिकारकर्मी सविता भण्डारी भेटवालले स्थानीय छिमेकीले समेत पटक पटक पीडित परिवारलाई घरबाट निकाल्न दबाब दिँदै आएको र अहिले भाडाको बहाना गरेको दाबी गरेकी छन्।
अन्नपुर्ण पोष्टबाट