५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

नेप्से बढ्यो, कारोबार रकम ३५ प्रतिशत घट्यो

नेप्से बढ्यो, कारोबार  रकम ३५ प्रतिशत घट्यो
अ+ अ-

काठमाडौं । गत साताको अन्तिम कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से, मंगलबार बढेको छ । यस दिन नेप्से शून्य दशमलव ४१ प्रतिशत बढेर बन्द भएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३५ प्रतिशत घटेको छ । नेप्सेको सुस्त गतिका कारण लगानीकर्ता निराश भइसकेका छन् । अधिकांश लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाएपछि यस दिनको कारोबार रकममा कमी आएको एक ब्रोकरले बताए । कम्पनीहरूले लाभांश घोषणा गरिरहेका छन् । यसले बजारलाई सकारात्मक दिशा दिने अपेक्षा लगानीकर्ताले गरेका छन् । पुँजीगत लाभकर विवाद नसुल्झिएका कारण लगानीकर्ता निराश भएका थिए । तर, कम्पनीहरूले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताको मनोबल बढेको देखिन्छ । तैपनि, बजारले कुन दिशा लिन्छ भन्ने अन्योलका कारण लगानीकर्ता केही समयका लागि निष्क्रिय भएको एक लगानीकर्ताले बताए ।

बजार सारांश
नेप्से परिसूचक मंगलबार ४ दशमलव ८७ अंक बढेर १ हजार २ सय ८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव शून्य ३ अंक बढेर २ सय ६३ दशमलव ३९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३४ अंक बढेको छ । यस दिन १ सय ६७ कम्पनीको ५ हजार २ सय ८२ पटकको कारोबारमा २४ करोड ४६ लाख ६८ हजार २ सय ९ रुपैयाँबराबरको ८ लाख ५० हजार ३ सय ८६ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई स् नेप्सेको १४ दिने आरएसआई यस दिन ३१ दशमलव ११ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

एडी रेसियो स् नेप्सेको एडी रेसियो यस दिन २ दशमलव ७१ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६७ कम्पनीमध्ये १ सय ३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा बुधबार नेप्से ओरालो लागे १ हजार २ सय ३ दशमलव ३१ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार २ सय १२ दशमलव ४९ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय ९८ दशमलव ६३ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार २ सय १६ दशमलव ९९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार २ सय ७ दशमलव ८१ रहेको छ ।

२ कम्पनीको सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएका २ कम्पनीहरूको सेयरमूल्यमा सर्किट लागेको छ । यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट हो । सबैकोको सेयरमूल्य यस दिन ३३ रुपैयाँ बढेर ३ सय ६५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने आँधीखोलाको २७ रुपैयाँ बढेर ३ सय रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कारोबारमा आएको प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य यस दिन ८ दशमलव २५ प्रतिशत र सिन्धु विकास बैंकको ६ दशमलव २५ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ । सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको सेयरमूल्य यस दिन सर्वाधिक ६ दशमलव ८९ प्रतिशत घटेर १ सय ८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अरुण काबेली पावर, एक्सेल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर र सिटिजन्स म्युचुअल फन्ड १ को सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।

एनआइसी एसियाको सर्वाधिक कारोबार
कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन एनआइसी एसिया बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ६७ पटकको कारोबारमा २ करोड ३६ लाख २८ हजार रुपैयाँबराबरको ५२ हजार ७ सय १ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेपाल बैंक र प्रभु बैंकको कारोबार रकम यस दिन १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा यस दिन पनि सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । सान्जेनको यस दिन ५ सय ५८ पटक र रसुवागढीको ५ सय ४७ पटक सेयर कारोबार भएको छ ।

८ समूहको परिसूचक बढ्योे
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने २ समूहको परिसूचक घटेको छ । बाँकी १ समूहको परिसूचक यस दिन स्थिर रहेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ८९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ७९ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६६ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव ४८ प्रतिशत बढेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ४५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २९ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव २७ प्रतिशत र अन्य समूहको शून्य दशमलव २ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ४४ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव २७ प्रतिशत घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन स्थिर रहेको छ ।

सूर्योदयको लाभांश
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ४६ दशमलव ८१८७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ७ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट कुल चुक्ता पुँजीको ४४ दशमलव ४७७८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ३४०९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

सिर्जनाको बुक क्लोज
सिर्जना फाइनान्स वित्तीय संस्था लिमिटेडले भदौ २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० बराबर ६ अनुपातमा हकप्रद निष्कासन प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।