५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

‘भिडियो मृत्युकालीन घोषणा हो–होइन, यकिन छैन’

‘भिडियो मृत्युकालीन घोषणा हो–होइन, यकिन छैन’
अ+ अ-

चितवन । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेन्सिक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ । सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रूपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,’ उल्लेख छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशमा पुडासैनीले कति समय अगाडि भिडियो रेकर्ड गरे र कति समय पछाडि झुन्डिएर आत्महत्या गरेका थिए भन्ने समय यकिन नगरी मृत्युकालीन घोषणा हो वा होइन भनी यकिन गर्न नसकिएको उल्लेख छ । शव परीक्षण गर्ने महाराजगन्ज शिक्षण अस्पतालका दुई चिकित्सक र भिडियोको फोरेन्सिक परीक्षण गर्ने नेपाल प्रहरीको केन्द्रीय प्रयोगशालाका फरेन्सिक विशेषज्ञलाई विशेषज्ञ बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ ।

पुडासैनीको भिडियो सन्देश आफैंले मात्र नभई अरू कसैको सहयोगमा रेकर्ड गराएको हुन सक्ने आशंकासमेत गरिएको छ । ‘पुडासैनीले बुबा, आमा र पत्नीलाई दुवै हात जोडेर पश्चाताप बोध गरी क्षमायाचना गरेको देखिएको सो भिडियो निज आफैंले एक्लै खिचेको भन्ने देखिएन,’ आदेशमा भनिएको छ, ‘भिडियो रेकर्ड हुँदा कुनै व्यक्तिको सहयोगमा रेकर्ड गरेको अवस्था देखिन्छ ।’ घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्था भेटिएको भन्ने ब्यहोरा उल्लेख नभएको आदेशमा जनाइएको छ ।

मुद्दामा प्रमाणका रूपमा प्रस्तुत गरिएको भिडियोको प्रमाणिक मूल्य, प्रमाणिक विश्वसनीयता, प्रमाणिक विशुद्धतासमेत विश्लेषण गरिएको आदेशमा उल्लेख छ । भिडियोमा भित्री वस्त्रमा देखिएको र आत्महत्या गर्दा पाइन्ट र सर्ट लगाएको पहिरनमा देखिएकाले परिस्थितिको बदलावको अवस्था देखिएको आदेशमा प्रष्ट पारिएको छ । ‘मृत्युकालीन घोषणा गर्दाको अवस्था र आत्महत्या गर्दाको अवस्था एउटै नभई फरक भएको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘फरक देखिने अवस्थाले भिडियोमा व्यक्त गरेको भनाइ नै वर्डस् विफोर डेथ अफ डाइङ पर्सन थियो वा थिएन भनी यकिन गर्न भिडियो रेकर्ड गरेको समय र देह त्याग गरेको समय छुट्याउन समय उल्लेख हुनु आवश्यक देखिन्छ ।’

उक्त अवस्थाले मृत्यकालीन घोषणालाई अन्य प्रमाणले नजोड्दा यसलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न नसकिने आदेशमा उल्लेख छ । यस्तै, शव परीक्षण प्रतिवेदनअनुसार घाँटीको हड्डी भाँचिएको र घाँटीमा डोरीको डाम भएको पाइएको र पुडासैनीको मृत्युको कारण झुन्डिएर भएको उल्लेख छ । तर मृतकको शवमा घाउचोट भएको मिसिलमा संलग्न प्रमाणमा देखिनमा झुन्डिएर आत्महत्या गरेको व्यक्तिको शरीरमा के–कसरी घाउचोटको अवस्था रहयो भन्ने अनुसन्धानबाट नखुलेको अदालतको आदेशमा उल्लेख छ ।

आदेशमा मृतक पुडासैनी र प्रतिवादीहरू बीच पटकपटक फोन सम्पर्क हुनुलाई एउटै टेलिभिजनमा काम गर्ने सहकर्मी र पछि पूर्वसहकर्मी भएको देखिने अवस्था र प्रतिवादी कार्कीका बीचको फोन सम्पर्क अस्वाभाविक नभएको फैसलामा उल्लेख छ । ‘फोन सम्पर्कमा के–कस्तो संवाद भएको थियो र सो संवादमा धम्की वा दबाबको भाषाशैलीका शब्दहरू प्रयोग भएका थिए वा थिएनन् भन्नलाई भ्वाइस रेकर्ड नभएको अवस्थामा निजहरूबीच अवाञ्छित संवाद भएको थियो र सोही संवाद नै मृत्युको कारण थियो भनी अनुमान गर्न कानुनतः मिल्ने अवस्था पनि तत्काललाई देखिएन ।’

प्रतिवादीहरू तीनै जनाले धाक, धम्की, दबाब नदिएको, कुनै षडयन्त्र नगरेकाले आरोपमा पूर्णतः इन्कार रही गरेको बयान मिसिलमा संलग्न रहेको अदालतको आदेशमा उल्लेख छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कस्थित होटेल कंगारुमा साउन २० गते राति मृत फेला परेका थिए । घटनाको अनुसन्धानमा प्रहरीले सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको थियो । अदालतले अभियुक्तमध्ये लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख रुपैयाँ धरौटी तथा कार्कीलाई सादा तारेखमा रिहा गरेको छ ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।