५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

आयातित पत्रुखानाले अल्पायु मृत्यु

आयातित पत्रुखानाले अल्पायु मृत्यु
अ+ अ-

काठमाडौं । धेरै नेपाली घरको अत्यावश्यक ब्रेकफास्टका रुपमा सिरियल लोकप्रिय भइरहेको छ। नेपाली बजारमाअन्तर्राष्ट्रिय ब्रान्डका यस्ता खाद्यपदार्थ उपलब्ध छन्। सिरियल सामान्यता भुटेको मकै, गहुँ आदिबाट बनाइन्छ। नेपाली बजारमा उपलब्ध यस्ता ब्रान्डलाई अति प्रशोधित (पत्रुखाना) खाद्यवस्तुका रुपमा पोषणविद्ले चित्रण गर्दै आएका छन्। यस्ता अधिकांश खाद्य पदार्थमा फाइबर र प्रोटिन हुँदैन, अत्यधिक चिनी पाइन्छ। यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ।

ब्रिटिस मेडिकल जर्नलमा हालै प्रकाशित अध्ययनअनुसार सिरियलजस्तो अति प्रशोधित (पत्रुखाना) खाद्यपदार्थले मानव स्वास्थ्यमा भयानक क्षति गर्छ। उक्त जर्नलमा प्रकाशित जानकारीअनुसार यस्ता पत्रुखानामा चिनी, प्रिजर्भेटिभ्स, कृत्रिम बास्ना र रङ प्रयोग गरिएको हुन्छ। यस्ता पत्रुखानामा सजेज र ह्याम्बर्गर, ब्रेकफास्ट सिरियल र सिरियल बार, चिकेन नगेट, केक र चकलेट पर्छन्।

भन्सार विभागको हालैको एक तथ्यांकअनुसार नेपालले तीन करोड ८० लाख मूल्यबराबरको ६ लाख ५७ हजार ५ सय १८ किलोग्राम सिरियल आयात गरेको छ। उपलब्ध सरकारी तथ्यांकमा सिरियल भनी प्रस्ट नखुलाइएको हुँदा यो परिमाण अझ बढी हुन सक्ने अनुमान छ।

अनुसन्धाताका अनुसार यस्ता पत्रुखानाको उपभोगले ‘अल्पायु मृत्यु र खराब स्वास्थ्य’ बनाउँछ। बजारमा उपलब्ध अति प्रशोधित यस्ता खानामध्येमा सिरियल पर्छ। हार्बर्ड मेडिकल स्कुलका अनुसार ‘अधिकांश यस्ता सिरियल अति प्रशोधित र अतिरिक्त चिनी थपिएका हुन्छन्।’ यस्ता हुँदाहुँदै धेरैजसो यस्ता सिरियलले राम्रो स्वास्थ्य बनाउने दाबी गरिरहेका हुन्छन्।

सिरियलमा फाइबर, प्रोटिन र प्राकृतिक मिठास रहेको दाबी गरिएको हुन्छ। यथार्थ भने त्यस्तो छैन। जिमखानाका पोषणविद् डा। भोहित कार्की भन्छन्, ‘अधिकांश सिरियल ब्रान्डले चिनीलाई अर्थोकै नामले चिाउने काम गर्छन्। त्यति मात्र होइन, कम चिल्लो रहेको र विविध अन्न ९मल्टीग्रेन० रहेको बताए पनि हाम्रो शरीरलाई चिनीले पार्ने प्रभाव यसले पनि उत्तिकै पार्छ।’ उनले थपे, शरीरमा रहेको चिनीले इन्सुलिन तह बढाउँछ, जसले बढी भोक र खानाको तलतल लगाउने हुन्छ। यसले नजानिँदो किसिमबाट सर्वसाधारणको खानामार्फत चिनी शरीरमा बढाउँदा मोटोपनको सिकार बनिन्छ।’

स्पेनको नभारान विश्वविद्यालयले ‘१९ हजार ८ सय ९९ मानिसमा एक दशकसम्म अध्ययन र प्रत्येक अर्को वर्ष तिनको खानाको अनुसन्धान गर्यो। अध्ययनकै क्रममा ३ सय ३५ को मृत्यु भएको थियो। कम प्रशोधित खाना खाने १०, एक दिनमा चारपटकभन्दा बढी खाने १६ जनाको मृत्यु भएको थियो।’ अति प्रशोधित खानाले क्यान्सरसमेत हुने एक अध्ययनले देखाएको छ। पेरिस विश्वविद्यालयले गरेको अर्को पाँच वर्ष लामो अध्ययनअनुसार १ लाख ५ हजार १ सय ५९ जनामध्ये वर्षमा दुईपटक मूल्यांकन गर्दा तिनमा मुटुको रोग देखापरेको थियो।

नेपाल हेल्थ फाउन्डेसनकी कार्यकारी बोर्ड सदस्य तथा पोषणविद् डा। अरुणा उप्रेतीले भनिन्, ‘बजारमा उपलब्ध सिरियललाई लामो समयसम्म प्रशोधनका बेलाको पोषण जोगाउन प्रिजर्भेटिभ राखिएको हुन्छ। यसमा अत्यधिक चिनी हुन्छ, जुन हाम्रो स्वास्थ्यका निम्ति हानिकारक छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।