२३ असार २०८३, मंगलवार
,
Latest
सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरबाट सुत्केरी उद्धार



अ+ अ-

कैलाली । बझाङ केदास्युँ गाउँपालिका–७ काँडा चौरकी ज्ञाना धामीलाई सुत्केरी व्यथा लाग्यो। व्यथा लाग्ने बित्तिकै आफन्तले जिल्ला अस्पताल पुर्‍याए। धामीको शल्यक्रिया गरी बच्चा जन्मियो। बच्चा जन्मे पनि रक्त श्राप सुरु भएपछि पाँच पोका रगत चढाइयो।

तर उनको रक्त श्राव भने रोकिएन। तत्काल प्रदेश सरकारलाई खबर गरी हेलिकप्टरमार्फत कोहलपुर शिक्षण अस्पताल पुर्‍याइयो। उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको हो। ‘तत्काल हेलिकप्टरबाट ल्याएपछि ज्यान बचाउन सक्यौं’ उपचारमा संलग्न चिकित्सक डा। सन्दिप ओखेडाले भने, ‘आर्थिक अवस्था कमजोर भएका दुर्गमका लागि हेलिकप्टर चार्टर राम्रो मानिए पनि सरकारले आर्थिक भार थाम्न सक्दैन्।’

हेलिकप्टर चार्टरको मात्रै ५ लाख ३० हजार रुपैयाँ खर्च भएको छ। सुदूरपश्चिम प्रदेश सकारले गर्भवती र सुत्केरीको ज्यान जोगाउन ‘ऐयर एम्बुलेन्स’ सञ्चालन गरेको छ। कार्यविधि नै निर्माण गरी ‘ऐयर एम्बुलेन्स’ को व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा चार जना सुत्केरी र एक जना भिरबाट खसेर घाइते भएकाको उद्धार गरिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए। बुढीनन्दा नगरपालिका–३ बाजुराकी सेतु लोहार, स्वामिकात्र्तिक नगरपालिका–१ की रजनी विक, खप्तड छेडेदह गाउँपालिका–१ की कल्पना विक र बझाङ थलारा गाउँपलिका–७ की थुमा सार्कीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

यस कार्यक्रमका लागि प्रदेश सरकारले हालसम्म २१ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ। ‘मातृ मृत्युदर घटाउने उद्देश्का साथ हेलिकप्टर चार्टरबाट जोखिममा रहेका महिलाहरुको उपचार गर्न कार्यविधि बनाएर अगाडि बढाएका हौं’ मन्त्रालयका प्रवक्ता झंकर विष्टले भने, ‘तर खर्चिलो भएकाले प्रदेशमा आधुनिक खालका एम्बुलेन्स खरिद गरेका छन्। त्यसले केही सहजता ल्याउने छ।’ सुदूरपश्चिम प्रदेशको मातृ मृत्युदर प्रतिएक हजारमा ४४ जना छ। यो राष्ट्रिय दरभन्दा १० ले बढी हो।

‘सरकारले तत्कालका लागि हेलिकप्टर चार्टरबाट ज्यान जोगाउनु राम्रो पक्ष हो’ वरिष्ठ चिकित्सक डा। गणेशबहादुर सिंहले भने, ‘तर यसले दिगो रुपमा समस्याको समाधान गर्दैन।’ स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सुविधा पाउन दक्ष जनक्तिसहितको सुविधायुक्त अस्पताल बनाउन आवश्यक रहेको उनको भनाइ छ। सरकारले हेलिकप्टरमार्फत सुत्केरी उद्धार सुविधा २९ जिल्लामा पूर्ण ढुवानी खर्च र अन्य पाँच जिल्लामा आंशिक ढुवानी खर्च दिने व्यवस्था गरेको छ।

आपतमा रहेकालाई तत्काल उद्धारका लागि दुर्गममा हेलिकप्टर नै उपयुक्त भएको केदारस्युँ गाउँपालिका–७ का धनबहादुर जाग्रीले बताए। ‘राम्रोसँग कच्ची सडक त पुगेको छैन, यहाँबाट एम्बुलेन्समा अस्पताल बिरामी लैजान सम्भव छैन’ उनले भने, ‘तत्काल सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन हेलिकप्टरको विकल्प छैन।’

अस्पतालको शै्यामा प्रसव पीडाले छट्पटाइरहेका महिलाको सरकारले हेलिकप्टरबाट उद्धार गर्ने नीति ल्याए पनि सबैको पहुँचमा पुग्न नसकेको उनको भनाइ छ। ‘हेलिकप्टर चार्टर गर्न सर्वसाधारणको पहलमा सम्भव छैन’ उनले थपे, ‘मंगलबार उद्धार गरिएकी महिलाको पनि बझाङका प्रमुख जिल्ला अधिकारीको अथक प्रयासपछि मात्रै सम्भव भएको हो।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै