२३ असार २०८३, मंगलवार
,
Latest
सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्याजदरमा खेलबाड नगर’



अ+ अ-

काठमाडौँ । ब्याजदरमा खेलबाड नगर्न अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । सुरुमा कम ब्याजदरमा ऋण दिने अनि छोटो समयमा ब्याज बढाएर धेरै माथि पुर्‍याउने, निक्षेपमा धेरै कम ब्याज दिनेलगायत बद्मासी औल्याउँदै त्यसो नगर्न उनले निर्देशन दिएका हुन् ।

‘बैंकले सुरुमा कम ब्याज देखाएर ऋण दिने त्यसको केही महिनामै उच्च दरले ब्याज बढाउने गर्नु भएन,’ उनले भने । प्रदेश ५ का १२ जिल्लामा राष्ट्रिय वाणिज्य बैंकको १४ वटा नयाँ शाखाको संयुक्त रूपमा डिजिटल प्रविधिबाट उदघाटन कार्यक्रममा बुधबार खतिवडाले यस्तो बताएका हुन् ।

अहिले काठमाडौंमा चलिरहेको ‘नाडा अटो सो’ मा बैंक तथा वित्तीय संस्थाले एकल अंक (१० प्रतिशतभन्दा कम) को ब्याजदरसहित कर्जा योजना सार्वजनिक गरिरहेका छन् । ती योजनातर्फ अंकित गर्दै उनले भने, ‘यसअघि अझै केही वर्षसम्म ११ प्रतिशतभन्दा कममा ऋण दिन सकिँदैन भन्ने बैंक तथा वित्तीय संस्थामा अहिले के त्यस्तो चमत्कार भयो र ९ प्रतिशतमा ऋण दिन सकियो ।’

अहिले सस्तो दरमा ऋण प्रवाह गरिहाल्ने र एक–दुई महिनामा बढाइहाल्ने मनसाय बैंकको रहेको उनले बताए । ‘बैंकले ग्राहकसँग खेलबाड गर्न खोजे,’ उनले भने, ‘निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ प्रडक्ट ल्याउन सकेनन् ।’ पुरानै तरिकाले व्यवासाय चलिरहेकाले वित्तीय प्रणालीमा अपेक्षित रूपमा निक्षेप ९तरलता० थपिन नसकेको उनले बताए । बैंकले मध्यकालसम्मका लागि योजना बनाएर अघि नबढे अहिलेको तरलता समस्या यथावत् रहने उनले दाबी गरे । ‘बैंकले ब्याजदरमा खेलबाड गरेकै कारण मैले पटकपटक संसद्मा जवाफ दिनुपरेको छ,’ उनले भने ।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले निक्षेपको ब्याजदर बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन दिए । सरकारी बैंक भएकाले पनि ग्राहकप्रति उत्तरदायी र जिम्मेवार बन्न उनले आग्रह गरे । ग्राहकलाई बजारको मुद्रास्फीति दर बराबर निक्षेपमा ब्याज दिन बैंक तथा वित्तीय संस्थालाई उनले निर्देशन दिए ।

निक्षेपमा मुद्रास्फीतिभन्दा कम ब्याजदरको अवस्थालाई ऋणात्मक ब्याजदर भनिन्छ । मुद्रास्फीतिको समयमा पैसाको क्रयशक्ति (पैसाको मूल्य) घट्छ । बैंकमा निक्षेप गरेको समयमा ग्राहकले त्यो पैसा उपयोग गर्न पाइँदैन । एकातिर पैसा चलाउन (उपयोग गर्न) नपाइने र अर्कोतिर निक्षेपबाट आउने ब्याजदर बजार मूल्यभन्दा कम हुने हुँदा ग्राहक मर्कामा हुन्छ । यसकारण मुद्रास्फीति दरभन्दा निक्षेपको ब्याजदर कम भएको अवस्थालाई ऋणात्मक ब्याजदरको अवस्था भनिन्छ ।

नेपाली वित्तीय प्रणालीमा विगत करिब १०/१२ वर्षयता ऋणात्मक ब्याजदरको अवस्था थियो । उक्त अवधिमा मुद्रास्फीति औसतमा ९/१० प्रतिशतको हाराहारीमा थियो । निक्षेपको ब्याजदर भने २र३ प्रतिशत मात्र थियो । तर, पछिल्ला तीन वर्षयता परिस्थिति बदलिएको छ । तरलता अभावसँगै निक्षेपको ब्याज पनि बढेको छ । यसकारण अहिले निक्षेपकर्ता ऋणात्मक ब्याजदरको मारमा छैनन् ।

सेयर बजारको विकासका लागि सरकारले गर्न सक्ने सबै नीतिगत सुधार गरिसकेको अर्थमन्त्री खतिवडाले बताए । सेयर बजारको उच्च वृद्धिका लागि सूचीकृत कम्पनीको वित्तीय विवरणको आकार बढाउनुपर्ने उनको भनाइ थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै