१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडमा अन्तरजातीय हिंसा



अ+ अ-

चाड । अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् ।

स्थानीय प्रहरीका अनुसार जग्गा जमिनको विवादमा एक किसानको मृत्यु भएपछि दुई समुदायबीच हिंसात्मक झडप भएको थियो । हिंसात्मक घटनाहरु बढ्दै गएपछि सरकारले अगस्ट २० देखि सेप्टेम्बर १० सम्म आपतकालीन स्थितिको घोषणा गरेको आठ दिनपछि नै पछिल्लो झडप भएको हो ।

चाड सरकारले सिना, ओवाडाई र टिबेस्टी प्रान्तमा अन्तर–जातीय द्वन्द्व बढ्न थालेको भन्दै आपतकालीन स्थितिको घोषणा गरेको थियो ।