६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

सांसद त्रिपाठी सत्तापक्षीय हुन् वा स्वतन्त्र  ?

सांसद त्रिपाठी सत्तापक्षीय हुन् वा स्वतन्त्र  ?
अ+ अ-

काठमाडौँ । उनी सूर्य चिहनबाट चुनाव लडे । संसद्‌मा उनी सत्तापक्षकै लहरमा बस्छन् । सिंहरबारस्थित नेकपा संसदीय दलको कार्यालय भवनमा उनको छुट्टै कोठा छ । उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न छ, सांसद हृदयेश त्रिपाठी सत्तापक्षीय हुन् वा स्वतन्त्र ?

कानुनका आधारमा सांसद त्रिपाठी ‘नेकपा सांसद’ हुन् । तर उनी स्वयम् भने आफूलाई त्यसो भन्न रुचाउन्नन् । उनले खल्तीबाट परिचयपत्र निकाले र देखाए । अनि भने, ‘म स्वतन्त्र सांसद हुँ ।’ संघीय संसद् सचिवालयद्वारा जारी त्रिपाठीको परिचयपत्रमा ‘दलीय संलग्नताः स्वतन्त्र’ लेखिएको छ ।
‘प्राविधिक रूपमा म सत्तापक्षको सांसद हुँ । तर वास्तविक रूपमा स्वतन्त्र सांसद हुँ,’ उनले कान्तिपुरसँग भने, ‘बृजेशकुमार गुप्ता र म एमालेको चिहन सूर्य लिएर जितेका दुई स्वतन्त्र सांसद हौं ।’

उनीहरूको कार्यकक्षबाहिर ढोका छेउमै छुट्टाछुट्टै झुन्ड्याइएको ‘नेम प्लेट’ मा दुवै जनाको नामसहित पदमा ‘प्रतिनिधिसभा सदस्य’ लेखिएको छ । दुवै नेम प्लेटमा माथि हृदयेश त्रिपाठीको र तल बृजेशकुमार गुप्ताको नामपद छ । तत्कालीन एमालेसँग ०७४ असोज १६ गते भएको सहमतिअनुसार त्रिपाठी र गुप्तासहित ५ जना स्वतन्त्र राजनीतिक समूहबाट उठेका थिए, जसमा ३ जना पराजित भए । ‘हो, अहिले पनि म त्यही स्वतन्त्र राजनीतिक समूहमा छु,’ त्रिपाठीले भने, ‘पहिला पद्मरत्न तुलाधर जसरी स्वतन्त्र हुनुहुन्थ्यो, अहिले म पनि त्यसरी नै स्वतन्त्र छु ।’

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा त्रिपाठी नवलपरासी (पश्चिम) १ र गुप्ता कपिलवस्तु २ बाट सूर्य चुनाव चिहन लिँदै तत्कालीन एमालेबाट उठेर निर्वाचित भएका हुन् । चुनावमा स्वतन्त्र रूपमा उठेर जित्ने एक मात्र सांसद भने छक्कबहादुर लामा (हुम्ला १) बाहेक अरू छैनन् । निर्वाचनको थ्रेस होल्डअनुसार खसेको मतको ३ प्रतिशत मत नल्याउने दलका सांसदको हैसियत पनि स्वतन्त्र छ, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमकिपाको । संसद्मा प्रतिनिधित्व गर्ने दलमा नेकपा, कांग्रेस, राजपा र संघीय समाजवादी फोरमसहित चार दल छन् ।

नेकपा संसदीय दलको कार्यालयमै कोठा पाउनुभएको रहेछ भन्ने जिज्ञासामा त्रिपाठीले ‘होइन, होइन, यो संसद् सचिवालयले उपलब्ध गराएको कोठा हो’ भन्दै छोटकरीमा जवाफ दिए । उनको कार्यकक्षमा टेबल, कुर्सी, सोफा, पंखा र टेलिफोन छ । त्रिपाठीको कार्यकक्षमा प्रवेश गर्न नेकपाको कार्यालयतिरबाट छिर्नुपर्छ । ‘पहिला ढोका उता (राजपाको कार्यालयतिर देखाउँदै) थियो तर पछि उनीहरूले विरोध जनाएपछि त्यो थुनेर यता (नेकपातिर) बनाइएको हो,’ त्रिपाठीले सुनाए । माओवादी र एमालेबीच २०७५ जेठ ३ मा एकता भएपछि त्रिपाठी स्वतः नेकपा सांसद बनेका हुन् ।

०४८ देखि ६ पटक भएको प्रतिनिधिर संविधानसभाको चुनावमा उनी ५ पटक सांसदमा विजयी जनप्रतिनिधि हुन् । यसअघि उनी राजपा, तमलोपा र सद्भावना पार्टीको हेराफेरीमा थिए । पछि ती दलबाट विजयी हुने छाँट नदेखेपछि तत्कालीन एमाले गठबन्धनमा उनी मिसिन चाहे ।

संसद् र संसदीय समितिमा पनि सांसद त्रिपाठी सत्तारूढ दलको पक्ष र विपक्ष दुवैतिर बोल्छन् । तीन पटक मन्त्री र एक पटक सार्वजनिक लेखा समिति सभापति भएका त्रिपाठी हाल प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य हुन् । ‘खाने बेलामा भने कांग्रेस र नेकपा दुवैले राष्ट्रिय सहमति गर्छन्,’ सत्ता–विपक्षी दुवैतर्फ तीर लाग्ने गरी त्रिपाठीले बोले, ‘जस्तो वाइडबडी काण्ड हेर्नुस् न ।’

कहिलेकाहीँ तपाईं नेकपा प्रवेश गर्ने हल्ला पनि चल्छ नि भन्ने प्रश्नमा उनले भने, ‘हल्ला त चलिरहन्छ, प्रवेश गर्ने सोचेको छैन । बरु दुई सातापछि हामीले राजधानीमा स्वतन्त्र राजनीतिक समूहको भेला गर्दै छौं ।’

‘भेला पार्टी प्रवेश गर्नका लागि हो कि ?’
उक्त समूहको संयोजक रहेका त्रिपाठीले भने, ‘स्वतन्त्र समूह पनि एउटा पार्टी जस्तै हो नि । समसामयिक विषयमा छलफल गर्न बोलाएका छौं, पार्टी प्रवेश गर्न होइन ।’

‘संसद्मा नेकपाको ह्वीप लाग्ने अवस्था आइपर्‍यो भने के गर्नुहुन्छ ?’
‘अहिलेसम्म सामान्य बहुमतकै विषय छ, दुई तिहाइको विषय नभएकाले ह्वीपको कुरा उठेको छैन । त्यस्तो अवस्था आएछ भने
ह्वीप मान्नेरनमान्ने मेरो कुरा हो, मेरै विरुद्ध भयो भने त ह्वीप मान्दिनँ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।