६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

राजनीतिक नियुक्तलाई आर्थिक अधिकार

राजनीतिक नियुक्तलाई आर्थिक अधिकार
अ+ अ-

मकवानपुर । प्रदेशसभामा राजनीतिक रूपमा नियुक्त भएका सचिवले आर्थिक अधिकार पाउने गरी कानुन बनेको छ । प्रदेशसभामा बिहीबार प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित भएसँगै राजनीतिक रूपमा नियुक्ति पाएका सचिवले आर्थिक अधिकार पाउने भएका छन् ।

आर्थिक कारोबार गर्न असहज भएको भन्दै प्रदेशसभाले राजनीतिक रूपमा नियुक्त गरेको सचिवलाई कानुन नै संशोधन गरेर आर्थिक अधिकार दिएको हो । विपक्षीको असहमतिका बीच यो विधेयक बहुमतले पारित भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विधेयकमा २ वटा दफा संशोधन गर्दै राजनीतिक नियुक्ति पाएका सचिवलाई आर्थिक अधिकार प्रदान गरिएको हो ।

विधेयकको दफा ७ को उपदफा १ (क) मा प्रदेशसभा सचिवालयको सचिव एक महिना वा सोभन्दा बढी समयसम्म बिदामा बसी कार्यालयमा उपस्थित नभएमा, सचिवको पदस्थापन नभएमा र पद रिक्त भएमा उक्त अधिकार प्रदेशसभा सचिवलाई दिने व्यवस्था संशोधनमार्फत कायम गरिएको छ ।

संशोधनपछि सोही विधेयकको दफा ८ को उपदफा ‘ज’ बमोजिमको अधिकार प्रदेशसभा सचिवलाई हुने छ । उक्त दफामा ‘प्रदेशसभा र सचिवालयका लागि विनियोजित बजेट रकम खर्च एवं आर्थिक प्रशासनसम्बन्धी कार्य गर्नेरगराउने’ प्रावधान रहेको छ ।
सरकार र सांसदबीच चर्को बहसका बीच विधेयक बहुमतले पारित भएको छ । बहसकैबीच विधेयक सदनबाट बहुमतले पारित भएको थियो । संशोधित विधेयकको पक्षमा सत्तापक्ष र विपक्षीमा प्रतिपक्षी दलहरू उभिएका थिए । सांसदले साउन यता तलब सुविधा नपाएको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक तथा प्रशासनिक सहजताका लागि यो विधेयक संशोधन गरिएको बताए ।

उक्त विधेयकले विधिको शासनको खिल्ली उडाएको भन्दै विवेकशीलका सांसद रमेश पौडेलले गलत नजिर बस्ने बताए । ‘सरकार कर्मचारी ल्याउन अक्षम भएको स्पष्ट भएको छ,’ पौडेलले भने, ‘राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई आर्थिक अधिकार दिनु कानुनसम्मत हुँदैन । यसले गलत नजिर बस्ने छ ।’

कांग्रेसकी विजया श्रेष्ठ केसीले प्रशासनिक नजिर बिग्रने भन्दै आर्थिक पारदर्शिता कायम हुनेमा आशंका व्यक्त गरिन् । राप्रपा संयुक्तकी रिना गुरुङले प्रणाली नै मिचेर सरकार अघि बढ्न खोजेको आरोप लगाइन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।