११ मंसिर २०८१, मंगलवार
,
Latest
सात वर्षमा सामाजिक सुरक्षा कोषमा १७ लाख ९७ हजार ६४० आबद्ध ड्रागन फ्रुट’ बिक्रीबाटै १८ लाख आम्दानी ! व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी आज काठमाडौंका यी स्थानमा बिजुली काटिने सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि सहकारी ठगीको अर्को आरोपमा रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत, चिनियाँ विदेशमन्त्रीसँग छन्दुमा वार्ता गर्ने हिरासतबाट रविको चेतावनी- हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौराणिक कथा : सेक्समा कसलाई सबैभन्दा बढी आनन्द आउँछ– पुरुष वा महिला ?



अ+ अ-

पौराणिक कथा : सेक्समा कसलाई सबैभन्दा बढी आनन्द आउँछ– पुरुष वा महिला ?

यौनसम्पर्क गर्दा महिला र पुरुषमध्ये कसले बढी आनन्द पाउँछ भन्ने कुरा धेरै पुरानो बहस हो । यसबारे सबैको फरक फरक धारणा हुन सक्छ। यस प्रश्नको उत्तर दिने हिन्दू धर्मको प्रसिद्ध ग्रन्थ ‘महाभारत’ र ग्रीक (ग्रीस) ग्रन्थमा दुई कथा छन् र आश्चर्यजनकरूपमा दुवै पौराणिक कथाको निष्कर्ष एउटै छ। पढौँ ती दुवै कथा कस्ता छन् :
 
जब युधिष्ठिरले पितामह भीष्मलाई यस्तो प्रश्न सोधे

एकपटक युधिष्ठिर आफ्ना पितामह भीष्मकहाँ गएर भने, “हे पितामह, के तपाईं मेरो द्विविधा मध्ये एक प्रश्नको समाधान गर्नुहुन्छ ? तपाईं मलाई साँचो भन्नुस्, सेक्स गर्दा बढी आनन्द प्राप्त गर्ने पुरुष वा महिला को हुन् ?” भीष्मले भने, “यस सम्बन्धमा म तिमीलाई भङ्गस्वानाको कथा सुनाउँछु, जसमा तिम्रो प्रश्नको उत्तर लुकेको छ।”

भङ्गस्वानाको कथा

धेरै पहिले भङ्गस्वाना नामक राजा थिए । उनी न्यायप्रिय र अत्यन्त यशस्वी थिए तर उनका कुनै छोरा थिएनन् । सन्तानको इच्छामा राजाले ‘अग्निष्टुता’ नामको अनुष्ठान गरे । किनकी त्यो हवनमा अग्नि भगवान्को मात्र सम्मान थियो, त्यसैले देवराज इन्द्र निकै क्रोधित भए ।

इन्द्रले आफ्नो क्रोध निकाल्ने मौका खोज्न थाले ताकि राजा भङ्गस्वानाले कुनै गल्ती गरुन् र उनलाई सजाय दिन सकून्। तर भङ्गस्वाना यति राम्रा राजा थिए कि इन्द्रले सजाय दिने कुनै मौका पाएनन्, जसका कारण इन्द्रको क्रोध बढ्दै गयो । एक दिन राजा शिकारमा गए । इन्द्रले आफ्नो अपमानको बदला लिने यो नै सही समय हो भनी सोचे र उनले राजालाई सम्मोहित गरे।

राजा भङ्गस्वाना जङ्गलमा यताउता भौँतारिन थाले । आफ्नो सम्मोहित अवस्थामा उनले सबै ध्यान गुमाए । न उनले दिशा बुझ्न सके न त आफ्ना सैनिकहरूलाई नै देख्न सके। अचानक उनले एउटा सानो नदी देखे जुन कुनै जादू जस्तै सुन्दर देखिन्थ्यो। राजा त्यो नदीतर्फ लागे र पहिले घोडालाई पानी दिए त्यसपछि आफैँले पिए ।

जब राजा नदीमा प्रवेश गरे र पानी पिए, उनले आफूमा परिवर्तन भएको देखे। बिस्तारै उनी महिलामा परिणत भए । लाजले दबिएका राजा चर्को स्वरले कराउन थाले । उनलाई किन यस्तो भएको हो, बुझ्न सकेनन् ।

राजा भङ्गस्वनाले सोचे, “हे प्रभु, यो अनर्थपछि म कसरी मेरो राज्यमा फर्कन सक्छु ? ‘अग्निष्टुता’ संस्कारबाट सय सन्तान भए, उनीहरुसँग अब म कसरी भेट्न सक्छु ? के भनौँ ? मेरो पर्खाइमा बसेकी रानीलाई मैले कसरी भेट्ने ? मेरो पुरुषसँगै मेरो राज्य पनि जान्छ, मेरो प्रजाको के होला ?” यसरी विलाप गर्दै राजा आफ्नो राज्यमा फर्किए ।

जब राजा नारीको रुपमा फर्किए, उनलाई देखेर सबै छक्क परे । राजाले बैठक बोलाएर रानी, ​​छोरा र मन्त्रीहरूलाई भने, “अब म राजदरबार सम्हाल्न योग्य छैन, तपाईंहरू सबै यहाँ सुखसाथ बस्नुहोस्, म वनमा गएर बाँकी जीवन बिताउनेछु।”

यति भन्दै राजा जङ्गलतिर लागे । त्यहाँ गएर उनी एक तपस्वीको आश्रममा नारीको रूपमा बस्न थाले, जसबाट उनले धेरै छोराहरूलाई जन्म दिए। उनले ती छोराहरूलाई आफ्नो पुरानो राज्यमा लगिन् र आफ्ना पुराना छोराछोरीहरूलाई भनिन्, “म पुरुष हुँदा तिमीहरु मेरा छोरा हौ, म महिला हुँदा यी मेरा छोराहरू हुन्। दाजुभाइ झैँ मेरो राज्यको ख्याल गर।” सबै दाजुभाइ सँगै बस्न थाले ।

सबैलाई खुसीसाथ बाँचिरहेको देखेर देवराज इन्द्र झनै क्रोधित भए र उनमा बदलाको भावना फेरि जाग्न थाल्यो । इन्द्रले सोच्न थाले कि राजालाई नारी बनाएर मैले नराम्रोको सट्टा राम्रो गरेको छु । यसो भन्दै इन्द्र ब्राह्मणको रूप धारण गरी राजा भङ्गस्वानाको राज्यमा पुगे । त्यहाँ गएर सबै राजकुमारहरुको कान भर्न थाले ।

इन्द्रको उक्साहटका कारण सबै दाजुभाइहरू आपसमा लडे र एकअर्काको हत्या गरे । भङ्गस्वाना यो कुरा थाहा पाउने बित्तिकै शोकाकुल भए । इन्द्रले ब्राह्मण भएर राजाकहाँ आएर रोएको कारण सोधे । जब भङ्गस्वानाले रुँदै इन्द्रलाई सम्पूर्ण घटना सुनाए, इन्द्रले आफ्नो वास्तविक रूप देखाए र राजालाई आफ्नो गल्ती सुनाए।

इन्द्रले भने, “तिमीले अग्निको मात्र पूजा गर्यौ र मेरो अनादर गर्यौ, त्यसैले मैले तिमीसँग यो खेल खेलेको हूँ ।” यो सुनेर भङ्गस्वाना इन्द्रको पाउमा परे र नजानेको अपराधका लागि माफी मागे। राजाको यस्तो दयनीय अवस्था देखेर इन्द्रलाई दया लाग्यो । इन्द्रले राजालाई माफ गरे र छोराहरूलाई जीवित पार्न वरदान दिए।

इन्द्रले भने, “हे स्त्रीरुपी राजन, आफ्नो एउटा सन्तानलाई जिउँदै ल्याऊ ।” भङ्गस्वानाले इन्द्रलाई भने, “यदि यस्तो हो भने मैले नारी भएर जन्माएका मेरा छोराहरूलाई जीवित बनाइदिनुहोस् ।” छक्क परेर इन्द्रले यसको कारण सोधे, तब राजाले जवाफ दिए, “हे इन्द्र, पुरुषको भन्दा नारीको माया धेरै हुन्छ, त्यसैले मेरो गर्भबाट जन्मेका सन्तानका लागि जीवनदान माग्छु।”

यो कथालाई अगाडि बढाउँदै भीष्मले युधिष्ठिरलाई भने, यो सब सुनेर इन्द्र प्रसन्न भए र राजाका सबै छोराहरूलाई पुनर्जीवित गरे। त्यसपछि इन्द्रले राजालाई फेरि पुरुष स्वरूप दिने कुरा गरे । इन्द्रले भने, “हे भङ्गस्वाना, तिमीसँग खुसी भएर म तिमीलाई पुरुष बनाउन चाहन्छु ।” तर राजाले स्पष्टरूपमा अस्वीकार गरे।

नारीको रुपमा भङ्गस्वानाले भनिन्, “हे देवराज इन्द्र, म नारीको रुपमा खुशी छु र म नारी नै रहन चाहन्छु।” यो सुनेर इन्द्र जिज्ञासु भए र सोधे, “किन यस्तो राजा तिमीलाई मान्छे बनेर आफ्नो राज्य लिन मन लाग्दैन ?” भङ्गस्वानाले भनिन्, “किनकि यौनसम्पर्कको समयमा महिलाले पुरुषको तुलनामा धेरै गुणा बढी आनन्द, तृप्ति र सुख प्राप्त गर्छ, त्यसैले म महिला नै रहन चाहन्छु ।” इन्द्रले ‘तथास्तु’ भने र त्यहाँबाट निस्किए ।

भीष्मले भने, “हे युधिष्ठिर, यो प्रष्ट छ कि यौनसम्बन्धको समयमा पुरुषभन्दा नारीले बढी आनन्द पाउँछ।”

यस्तै एउटा कथा ग्रीक धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ।

ग्रीक पौराणिक कथा :  द स्टोरी अफ टाइरसियस

टाइरसियस नामका राजा एकपल्ट आफ्नो युवावस्थामा जङ्गलमा शिकार गर्न गएका थिए । त्यहाँ उनले यौनसम्पर्क गरिरहेका दुईवटा सर्प देखे । टाइरसियसलाई थाहा भएन के सोचे, उनले आफ्ना सिपाहीहरूको सहयोगमा ती ठूला सर्पहरूलाई छुट्याइदिए । यो गर्ने बित्तिकै उनलाई श्राप दिइयो कि उनको पुरुष गइहाल्छ । तत्काल उनी एक महिलामा परिणत भए । ती सर्पहरूलाई के भयो भन्ने केही थाहा छैन।

धेरै वर्षपछि टाइरसियस आफ्नो महिला रूपमा फेरि उही जङ्गलमा गए। घृणाका कारण उनले फेरि आफ्ना सिपाहीहरूको सहयोगमा सर्पको जोडी छुट्याइदिए तर यसपटक उनी पुरुष बने । अब उनी आफ्नो प्रकारको एक मात्र व्यक्ति थिए जसले एक पुरुष र एक महिला दुवैको जीवन बिताएका थिए। त्यसैबेला ग्रीक देवता ज्यूस र उनकी श्रीमती हिराबीच विवाद भयो, कसले बढी सेक्सको आनन्द लिन्छ– पुरुष वा महिला ?

तिनीहरूले टाइरसियसलाई बोलाए । टाइरसियसले ज्यूसस र हिराको प्रश्नको सरल र सटिक जवाफ दिन्छन्, “पुरुषको तुलनामा महिलाले ९ गुणा बढी सेक्सको आनन्द लिन्छन् ।” यो जवाफले हिरा निकै क्रोधित भइन् र उनले टाइरसियसमाथि यस्तो प्रहार गरिन् कि उनी अन्धो भए । ज्यूसले टाइरसियासको अन्धोपनका लागि आफूलाई जिम्मेवार ठान्न थाले र उनलाई भविष्य देख्ने वरदान दिए।

संसारका लगभग हरेक संस्कृतिमा यस्ता देवी–देवताहरू छन् जसले महिला र पुरुषको सम्बन्धलाई सुन्दर ढङ्गले चित्रण गर्छन्। नेपाल तथा भारतमा तीर्थस्थलमा अर्धनारीश्वरको प्रतिमा छ । अर्धनारीश्वरको अर्थ यो हो कि तपाईंको आधा व्यक्तित्व तपाईंको पत्नी र आधा व्यक्तित्व तपाईंको पति बन्छ। तपाईंको आधा ऊर्जा महिला र आधा पुरुष बन्छ। त्यसपछि यी दुईबीच जुन रस र लीनता उत्पन्न हुन्छ, त्यो शक्तिको कुनै विसर्जन छैन ।