६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

फरार अभियुक्त २६ वर्षपछि पक्राउ
अ+ अ-

काभ्रेपलाञ्चोक । काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार लामा २६ वर्षदेखि फरारको सूचीमा थिए । उनलाई रु दुई लाख १५ हजार ४७५ जरिवाना र एक महीना १५ दिन कैद सजाय तोकिएको थियो ।

लामालगायत गाली बेइज्जती, बोक्सी आरोप, बहुविवाह, चेक अनादर, सवारी ज्यान, चोरी, जबर्जस्ती करणी, अपहेलना, कुटपिट र जालसाजी मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेका १८ फरार अभियुक्तलाई यसै हप्ता पक्राउ गरिएको उनले बताए । पक्राउ परेका गाली बेइज्जती मुद्दाका पनौती नगरपालिका–३ का शेषनारायण तिमल्सिना, जयराम तिमल्सिना, जयदेव तिमल्सिना र जोगमाया तिमल्सिनालाई रु १४५ जरिवानाका साथै एक महीना १५ दिन कैद सजाय तोकिएको थियो ।

यस्तै फरार रहेका बोक्सी आरोप मुद्दाका रोशी गाउँपालिका–८ का ३७ वर्षीया सुविना तामाङ, बहुविवाह मुद्दाका नमोबुद्ध नपा–५ का ३१ वर्षीय राम लामा, चेक अनादर मुद्दाका धुलिखेल नपा–७ का ३६ वर्षीय सुनिल लामा, सवारी ज्यान मुद्दाका धुलिखेल नपा–८ का ३४ वर्षीय राजकुमार लामा, चोरी मुद्दाका नमोबुद्ध नपा–५ का ३८ वर्षका जीतबहादुर तामाङ, जबर्जस्ती करणी मुद्दाका नमोबुद्ध नपा–७ का ४० वर्षीय उज्ज्वल खनाल, जालसाजी मुद्दाका पनौती नपा–८ का २५ वर्षीय अमिर केसी र ४८ वर्षीया तुलसा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोक प्रहरीले यसै हप्ता जबर्जस्ती करणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दाका रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दाका पाँचखाल नपा–८ होक्सेका ३१ वर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दाका रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश विभिन्न मुद्दामा जरिवाना तथा कैद भुक्तान गर्न बाँकी रहेकाले तिनलाई सम्बन्धित जिल्ला अदालत बुझाइएको प्रनाउ गिरीले जानकारी दिए ।