२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

रूकुममा सुत्केरीलाई गोठ

रूकुममा सुत्केरीलाई गोठ
अ अ+ अ-

रुकुम पूर्व — सकेसम्म स्वास्थ्य संस्थामा नभए घरमै सुरक्षित सुत्केरी गराउने क्रम बढेको छ । तर, रुकुम पूर्वको एक गाउँमा सुत्केरीलाई अझै पनि गोठमा राख्ने चलन कायमै छ । सिस्ने गाउँपालिका–१ का बासिन्दा अहिले पनि सुत्केरीलाई बस्तुभाउ बाँध्ने गोठमा राख्छन् । व्यथा लागेदेखि सुत्केरी भएको दुई–तीन सातासम्म र कतिपयले ४५ दिनसम्मै सुत्केरीलाई छुन मान्दैनन् ।

गाउँपालिकाकी सहायक महिला विकास निरीक्षक सुनिता खड्काले श्रीमान् र सासू–ससुराको नछुने चलनले महिला समस्यामा परेको बताइन् । ‘सुत्केरी भएर रगताम्य भएकी महिला आफैं सालनाल गाडेर फर्किरहेको पनि देख्यौं,’ उनले भनिन्, ‘यसो किन गरेको भन्दा सुत्केरीलाई अरूले छोएपछि देवी–देवता रिसाउँछन् भन्ने जवाफ पाइयो ।’ हरेक वर्ष चेतनामूलक कार्यक्रम गरिरहे पनि व्यवहारमा यस्तो चलन हट्न नसकेको उनले बताइन् ।

अरूसित छुन नमिल्ने भएपछि महिलाहरू स्वास्थ्य चौकी जाँदैनन् । सुत्केरी हुँदाका बेला सबै काम आफैं गर्छन् । जसका कारण उनीहरुको स्वास्थ्य जोखिममा पर्नुका साथै कतिपयको ज्यानसमेत जाने गरेको छ । अहेब शर्मिला बुढा सुत्केरीलाई नछुने चलन बिस्तारै हट्दै गए पनि पूरै हटाउन समय लाग्ने बताउँछिन् । ‘गर्भ जाँच गर्न नआउने र घरमै सुत्केरी भएका महिलाका बच्चालाई खोप दिँदैनौं भनेपछि प्रसूतिगृहमा सुत्केरी हुन आउनेको संख्या केही बढ्न थालेको छ,’ उनले भनिन्, ‘कतिपयले त कुरो बुझ्दै बुझ्नुहुन्न ।’ उनीसँग एउटा नमिठो घटना पनि छ । बच्चा पाउनेबित्तिकै बेसरी काँपेकी महिलालाई कसैले सहयोग गर्न सकेनन् । ती महिलाकै आमाले पनि सुत्केरी छुनुहुन्न भनेपछि श्रीमान्ले समेत केही गर्न पाएनन् र उनको मृत्यु भयो ।

‘सुत्केरी भएपछि गोठमा बस्नुपर्ने दिदीबहिनी अहिले पनि हुनुहुन्छ,’ स्थानीय कमला बुढाले भनिन्, ‘पहिला–पहिला त सुत्केरी व्यथा लागेका कसैलाई कसैले छुन मान्दैन थिए, पछिल्लो समय केहीले छुन थाले पनि केहीले सुत्केरी व्यथा लागेपछि सुत्केरी भएको लामो समयसम्म छुँदैनन् ।’ व्यथा लागेका महिलाका श्रीमान्, आमा, छोराछोरीसमेतले नछुने गरेको उनले बताइन् ।

अरूले छुन नमिल्ने मान्यताका कारण महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्था जान मान्दैनन् । बुझ्ने खालका घर–परिवारकाहरू भने भट्टेचौरमा रहेको स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गरेका छन् । ‘केही समस्या भइहाल्यो भने बोलाउनुहुन्छ, घरमा पुग्दा गोबरमा लतपतिएको बच्चा सफा गर्नुपर्ने अवस्था छ,’ अनमी राधिका केसीले भनिन्, ‘धेरैलाई पुरानो सोचले छाडेको छैन । यसको असर सुत्केरी व्यथा लागेकी र सुत्केरी भएकी महिलालाई परेको छ ।’ उपचारका लागि पुग्दा भर्खरकी सुत्केरी र नवजात शिशुलाई गाईगोठमा राखेको आफूले भेटाउने गरेको उनको भनाइ छ । कहिलेकाहीँ गाउँमा हुने तालिम गोष्ठीमा महिलाहरू यस्ता कुरा व्यक्त गर्दैनन् । गाउँको इज्जत जान्छ भन्ने अन्धविश्वासमा परी उनीहरु चुप रहँदा सुत्केरी र बच्चाको ज्यान नै जोखिमा परिरहेको छ ।

यहाँको स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन थालिएको एक वर्ष पूरा भएको छ । यस अवधिमा यहाँ आएर ५८ जना सुत्केरी भएका छन् । गाउँपालिकाले छोरी खाता कार्यक्रम पनि लागू गरेको छ । गर्भ जाँच भएको र प्रसूति गृहमा जन्मेका छोरीको खाता खोलेर गाउँपालिका आफैंले नगद ५ हजार जम्मा गरिदिन्छ । यस्ता कार्यक्रमले पनि केही सुधार ल्याएको अहेब बुढाले बताइन् ।

(कान्तिपुर दैनिकमा समाचार छ)