२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग

मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो । 

युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो ।     

प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सरकारले उपलब्ध गराएको सो रकम मनाङले टोलीको व्यवस्थापनलगायतमा खर्च गरिने बताइन्छ । यसका साथै प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद् गण्डकीसँग मिलेर मनाङले काम गर्ने सदस्य सचिव गुरुङले बताउनुभयो ।

प्राविधिकल र पोखरा रङ्गशालाको संरक्षणलगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलकुद मन्त्री गुरुङले मनाङजस्तो गर्विलो इतिहास भएको टोलीसँग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुुखद् रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशमा यूवा खेलाडी उत्पादनमा समेत एमएमसी ९मनाङ मस्र्याङ्दी क्लब०सँग मिलेर अघि बढ्न सक्छौँ ।”

मनाङले पोखरालाई ‘होम ग्राउण्ड’ रोज्नु स्वागतयोग्य रहेको जनाउँदै मन्त्री गुरुङले प्रदेश सरकारले रु १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नु रहेको उल्लेख गर्नुभयो । सदस्य सचिव गुरुङले मनाङसँगको सहकार्यले मुर्तरुप लिएको जनाउँदै फुटबल विकासका लागि गरिने आगामी दिन अझै व्यवस्थित योजना बनाउँदै अघि बढ्ने बताउनुभयो ।

मनाङका अध्यक्ष मुखिया गुरुङले फुटबल विकासका लागि प्रदेश सरकारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “पहिलोपटक काठमाडौँ बाहिर लिग खेल्न पोखरा आएका छौँ, प्रदेश सरकारसँग मिलेर फुटबल विकासमा अघि बढ्नेछौँ”, उहाँले भन्नुभयो । यस वर्षको शहीद स्मारक लिगअन्तर्गत पाँचाँै चरणको खेलमा आज अपराह्न मनाङले पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबसँग खेल्दै छ । मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक पुलिससँग खेल्न लागेको हो । पोखरामा मनाङले तीन खेल खेल्नेछ ।