१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन नेपालले क्लाइमेट डिप्लोमेसीलाई थप सशक्त बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद हमालले प्रधानमन्त्री बालेन्द्र साहको संयुक्त राष्ट्रसंघको महासभामा हुने सहभागितालाई जलवायु कूटनीतिका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री साह पहिलो विदेश भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेको उल्लेख गर्दै उहाँले नेपालले पछिल्लो समय भोगिरहेको विपद् तथा जलवायुजन्य जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालले भोगिरहेको विपद्लाई जलवायु न्यायको विषयसँग जोडेर अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने बताउँदै हमालले जलवायु परिवर्तनमा न्यून योगदान गरेका नेपालजस्ता मुलुकले यसको असर भने ठूलो मात्रामा भोगिरहेको विषय विश्व समुदायसमक्ष तथ्य र प्रभावकारी कूटनीतिक पहलमार्फत राख्नुपर्ने बताउनुभयो ।

उहाँले जलवायु न्याय प्राप्त गर्ने विषय सहज नभएको भन्दै विकसित तथा प्रभावशाली मुलुकहरूलाई जलवायु परिवर्तन न्यूनीकरणका लागि जिम्मेवार बनाउन निरन्तर कूटनीतिक दबाब आवश्यक रहेको बताउनुभयो ।

हमालले नेपालले विगतदेखि नै जलवायु परिवर्तन र हिमाली क्षेत्रका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको स्मरण गर्नुभयो । सन् २००९ को कोपेनहेगन सम्मेलनअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले कालापत्थरमा मन्त्रिपरिषद्को बैठक राखेर जलवायु परिवर्तन र हिमनदी पग्लिने विषयमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अत्यन्त सुखद् र महत्वपूर्ण कुरा हो । उहाँको पहिलो विदेश भ्रमण नै यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चबाट शुरु हुनु र त्यसमा जलवायु कूटनीतिलाई प्राथमिकता दिनुले सकारात्मक सन्देश दिएको छ । अहिले नेपालले भोगिरहेको विपद् र पीडाको अवस्थामा उहाँको भ्रमणले सार्थक परिणाम ल्याओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।”

जलवायु न्यायका लागि निरन्तर र प्रभावकारी अन्तर्राष्ट्रिय पैरवी आवश्यक रहेको बताउँदै हमालले विश्वको तापक्रम नियन्त्रणका लागि प्रतिबद्धता व्यक्त भइरहे पनि कतिपय विकसित तथा प्रभावशाली देशका गतिविधि त्यसविपरीत देखिएको बताउनुभयो ।

उहाँले नेपालले जलवायु वित्त, क्षति तथा नोक्सानी र अनुकूलनका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट र प्रभावकारी हस्तक्षेप गर्नुपर्नेमा जोड दिनुभयो । साथै प्रधानमन्त्रीको सहभागितामा हुने उच्चस्तरीय साइडलाइन बैठकमा नेपालका प्राथमिकता र ठोस प्रस्तावबारे पर्याप्त तयारी तथा छलफल हुनुपर्ने उहाँको भनाइ छ ।

हमालले जलवायु वित्त प्राप्तिका लागि नेपालले अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिक पहललाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । नेपालमा विज्ञ, अनुसन्धान तथा छलफल भइरहे पनि अन्तर्राष्ट्रिय तहमा नेपालको हस्तक्षेप अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।




भर्खरै