३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै



अ+ अ-

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावकविहीन, बेवारिसे अवस्थामा फेला परेका तथा पालनपोषणको भरपर्दो व्यवस्था नभएका बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याउन बालबालिकासम्बन्धी ऐन संशोधन गर्न लागिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वादीले प्रस्तावित संशोधनले अनाथ बालबालिकाको परिभाषालाई थप स्पष्ट र व्याख्यात्मक बनाएको बताउनुभयो ।

उहाँका अनुसार बालबालिकाको पहिचानको अधिकार सुनिश्चित गर्न आमाको मृत्यु भएको अवस्थामा परिवारका अन्य सदस्य वा संरक्षकमार्फत समेत पहिचान कायम गरी जन्मदर्ता तथा नागरिकता प्रदान गर्न सकिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

मन्त्री वादीले लैङ्गिक पहिचान तथा यौनिक अभिमुखीकरणका आधारमा बालबालिकामाथि हुने विभेद रोक्न पनि विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । छोराछोरीको सट्टा समावेशी शब्दावलीका रूपमा ‘सन्तान’ शब्द प्रयोग गरी सबै लैङ्गिक पहिचान भएका बालबालिकाको सम्मान र कानुनी संरक्षण सुनिश्चित गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अन्तरलिंगी तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिकालाई विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दायरामा स्पष्ट रूपमा समेटिएको बताउनुभयो ।

त्यसैगरी बालबालिकालाई घरेलु श्रममा लगाउने, घरेलु कामदारका रूपमा राख्ने तथा कमैया श्रमिक वा कमलरीका रूपमा प्रयोग गर्ने कार्यबाट संरक्षण गर्न कानुनी व्यवस्था थप बलियो बनाइएको मन्त्री वादीले बताउनुभयो ।

मन्त्री वादीले बालबालिकालाई दिइने सजायसम्बन्धी विद्यमान व्यवस्थासमेत संशोधन गर्न लागिएको जानकारी दिनुभयो । प्रस्तावित संशोधनले बालबालिकाको अधिकार, पहिचान र संरक्षणलाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।