१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पानीफोटो’ बाट अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यु



अ+ अ-

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने सिनेमा ‘पानीफोटो’ को शुभु मुहुर्त गरिएको छ ।

राजधानीको बंगलामुखी मन्दिरमा सिनेमा युनिटले पुजा गर्दै सिनेमाको शुभमुहुर्त गरेको हो । मन्दिरमा खगेन्द्रसंगै अनुप बराल , मेनुका प्रधान लगायत उपस्थित थिए ।

सिनेमा दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको हो । सिनेमाको एक दिनको छायाँकन काठमाडौं हुनेछ भने त्यसपछि टोली स्याङ्गजा तर्फ लाग्नेछ ।

सिनेमामा खगेन्द्रसंगै सुनिल पोखरेल , अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल , अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

टुकी आर्टस् र मञ्जुश्री सिनेमा प्रोडक्सनको ब्यानरमा बन्ने यस सिनेमालाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।