२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पानीफोटो’ बाट अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यु



अ+ अ-

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने सिनेमा ‘पानीफोटो’ को शुभु मुहुर्त गरिएको छ ।

राजधानीको बंगलामुखी मन्दिरमा सिनेमा युनिटले पुजा गर्दै सिनेमाको शुभमुहुर्त गरेको हो । मन्दिरमा खगेन्द्रसंगै अनुप बराल , मेनुका प्रधान लगायत उपस्थित थिए ।

सिनेमा दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको हो । सिनेमाको एक दिनको छायाँकन काठमाडौं हुनेछ भने त्यसपछि टोली स्याङ्गजा तर्फ लाग्नेछ ।

सिनेमामा खगेन्द्रसंगै सुनिल पोखरेल , अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल , अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

टुकी आर्टस् र मञ्जुश्री सिनेमा प्रोडक्सनको ब्यानरमा बन्ने यस सिनेमालाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।