२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको स्वास्थ्य क्लिनिकमा आगलागी २४ को मृत्यु



अ+ अ-

एजेन्सी ।  जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको  आगलागी परी २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ । शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ ।  

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ ।  यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका छन् ।  घाइतेको अवस्था गम्भीर छ वा छैन स्पष्ट नभएको एएफपीका अधिकारीहरुले जानकारी दिएका छन् ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ ।