२८ भाद्र २०८३, आईतवार
,
Latest
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा ‘विस्तारित ब्रिक्स’ सहकार्यका लागि पाँचवटा महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ।

नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति सीले ‘विस्तारित ब्रिक्स’ले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले उदीयमान बजारमा आधारित तथा ग्लोबल साउथसँग निकट रूपमा जोडिएको आफ्नो विशेषतालाई ‘विस्तारित ब्रिक्स’ले प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो। साथै, पारस्परिक लाभ र साझा जितका लागि खुलापन तथा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

राष्ट्रपति सीले औद्योगिक तथा आपूर्ति शृंखलालाई स्थिर र निर्बाध राख्दै एकीकृत बजारको विकासलाई प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार ‘विस्तारित ब्रिक्स’ले नवप्रवर्तनका लागि इन्क्युबेटर स्थापना गर्ने, परम्परागत उद्योगको स्तरोन्नति गर्ने, उदीयमान उद्योगको विकास गर्ने तथा भविष्यका उद्योगका लागि दूरदर्शी योजना निर्माण गर्न आवश्यक छ।

उदीयमान प्रविधिले साझा समृद्धितर्फ अघि बढ्ने मार्गलाई उज्यालो बनाउन सक्ने उल्लेख गर्दै राष्ट्रपति सीले प्रविधि, नवप्रवर्तन र प्रतिभा विकासमा आधारित सहकार्यलाई थप सुदृढ गर्न आह्वान गर्नुभएको छ।