२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ९९औँ एकेडेमी अवार्ड्स (अस्कर)का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको चलचित्र ‘तिनीहरू (Elephants in the Fog)’ को सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अबिनाश विक्रम शाह निर्देशित ‘तिनीहरू’ अस्करका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको उल्लेख गर्दै सम्पूर्ण टिमलाई बधाई दिएका हुन् ।

उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न लागेको चलचित्रको आगामी यात्राका लागि शुभकामना दिँदै चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत रहेको समेत बताएका छन् ।

अस्करमा नेपालको प्रतिनिधित्व गर्न लागेको ‘तिनीहरू’ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ ।