१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामीले जित्याे बास्केटबल प्रतियोगिताको उपाधि



अ+ अ-

काठमाडौं। नामीले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

जोरपाटीको नयाँबस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको फाइनलमा नामीले सूर्योदयलाई ४७–३७ ले पराजित ग¥यो । नामीका थिलेन पाख्रिन तामाङले २० अंक जोडे । थिलेन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, लिम्पियाका प्रिन्सिपल मदन रेग्मी, आयोजक रामेछाप जिल्ला बास्केटबलका अध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।