१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादोकाइ टिम च्याम्पियन बन्दै उपाधि कब्जा



अ+ अ-

काठमाडाैंः वादोकाइ करातेले चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ६ स्वर्ण, ३ रजत र १ कांस्य जित्दै वादोकाइ समग्रमा टिम च्यायम्पियन बन्यो ।

नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा नरहरिपुर डोजो समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको मानसिंह डोजोले २ स्वर्ण, १ रजत र ५ कांस्य हात पा¥यो ।

भक्तपुरको बालकोटमा भएको प्रतियोगिताको कुमुतेतर्फ पुरुषमा वादोकाइका सन्तोष श्रेष्ठ र महिलामा बच्चु डोजोकी निमा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । काताको पुरुषमा नरहरिपुरका मनीष कार्की तथा महिलामा प्रयागपोखरीकी मिरा खाती उत्कृष्ट खेलाडी चुनिए । भक्तपुर डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, समापन कार्यक्रमका सभापति सजन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सनिश श्रेष्ठले जनाएका छन् ।