२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

नेतृत्व चयनमा हस्तक्षेप छैन, विधि मान्नुस्ः माओवादी

नेतृत्व चयनमा हस्तक्षेप छैन, विधि मान्नुस्ः माओवादी
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ । पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादीले सकेसम्म सहमति र नभए निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न सक्ने विधि प्रष्ट रहेको जनाएको छ । 

कतिपय प्रदेशमा प्रदेश समिति मात्रै चयन भएको, कुनैमा अध्यक्ष चयन भए पनि अन्य पदाधिकारी चयन हुन नसकेको तथा कतिपयमा विवाद छ । यस्तै जनवर्गीय सङ्गठनमा पनि अध्यक्ष मात्रै चयन भएको र अन्य पदाधिकारी चयन हुन नसकेको अवस्था छ । विद्यार्थी, युवा र पत्रकार सङ्गठनमा अध्यक्ष मात्रै चयन गरेर अन्य पदाधिकारी चयन हुन सकेको छैन । 

निर्वाचनमार्फत नेतृत्व चयन गर्ने भनिए पनि व्यवहारिक रूपमा त्यसको अभ्यास हुन सकेको छैन । निर्वाचनमा उम्मेदवार बन्न खोजे पनि पार्टी नेतृत्वले सहमतिका नाममा उम्मेदवार बन्न नदिएको गुनासो पनि आइरहेको छ । माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलगायत अन्य वैधानिक प्रक्रिया अवलम्बन गरेको बताए पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा आलोचना बढेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले नेतृत्व चयनमा कही कतै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेको छ । 

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पार्टीको विधि र प्रक्रियाअनुसार आफ्नो समितिको नेतृत्व चयनमा सम्बन्धित समिति आफैमा स्वतन्त्र रहेको बताउनुभएको छ । माओवादी  सदस्यता नविकरणबाट शुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हँुदै प्रदेश सम्मेलन सम्पन्न गरी राष्ट्रिय सम्मेलनको नजिक पुगेको छ । 

पार्टीले विचार सिद्धान्त र नितिमा होइन नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटीबाट माथी उठाई उल्लेखित विषयमा छलफल, बहसमार्फत सही विचार र राजनीतिक दिशाअनुसार त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्ने पद्धति अनुसरण गर्दै आएको जनाएको छ । “त्यसलाई समयानुकूल परिस्कृत गर्ने चुनौती पनि हामीले सामना गर्दै आएका छौँ”, मल्लले भन्नुभयो । 

सम्मेलनमा अबलम्बन गरिरहेको विधिबारे केही टिप्पणी सार्वजनिक भएको भन्दै मल्लले सबै सम्मेलनबाट अधिकतम सहमतिको माध्यमबाट नेतृत्वको टिम निर्माण गर्ने र त्यसरी चयन भएको टिमले आफ्नो पदाधिकारी सकेसम्म सहमतीय निर्वाचन विधिमा र सहमतीय विधिबाट नभए बहुमतीय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला गरेको उल्लेख गर्नुभयो । 

स्वकीय सचिव मल्लले भन्नुभयो, “हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले ‘हस्तक्षेप’ गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन् । यो एकदम गलत कुरा हो ।” उहाँले  पार्टी बाहिर र भित्रका कमरेडसमेत यो कुरामा स्पष्ट हुन जरुरी छ कि कुनै पनि सम्मेलनहरू नेतृत्व निर्माणको क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र रहेको बताउनुभयो । 

निर्धारित नीति विधिभित्र रही आफ्नो अधिकारको प्रयोग गरी  छिटोभन्दा छिटो प्रदेश सम्मेलनका बाँकी काम पूरा गरी यही ५ गतेभित्र आवश्यक विवरण सहितको प्रतिनिधि सूची केन्द्रीय कार्यालयमा पेश गर्न आग्रह गरिएको छ ।  उहाँले पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिने स्पष्ट पार्नुभएको छ ।