२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

रमेश विकल वाङ्मय पुरस्कार प्रा डा चुडामणि बन्धुलाई

रमेश विकल वाङ्मय पुरस्कार प्रा डा चुडामणि बन्धुलाई
अ अ+ अ-

काठमाडाैंः यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार भाषा विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका प्रा डा चुडामणि बन्धुलाई दिइएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आज आरुबारीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले रु ५० हजार राशिको पुरस्कार बन्धुलाई हस्तान्तरण गर्नुभएको हो । उहाँलाई नगदसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरिएको थियो ।

यसैगरी जनस्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान दिनुभएका डा रविन्द्र समीरलाई रमेश विकल सुशीला समाजसेवा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार नगद, सम्मानपत्र र दोसल्ला रहेको छ । यस वर्षको रमेश विकल सृजना पुरस्कार साहित्यकार विमल निभालाई दिइएको छ । यो पुरस्कार साहित्यकार आनन्ददेव भट्टले स्थापना गर्नुभएको हो । रमेश विकल बाल साहित्य पुरस्कार कार्तिकेय घिमिरेलाई प्रदान गरिएको छ । पुरस्कारको स्थापना गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले गर्नुभएको हो ।

विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार  लक्ष्मी प्रतिष्ठान काठमाडौँलाई दिइएको छ । पारिवारिक स्रोतबाट विष्णु गौतम र लक्ष्मी गौतमले स्थापना गरेको सो प्रतिष्ठानले सवारी सचेतनामासमेत उदाहरणीय काम गरेको कार्यक्रममा जानकारी गराइएको छ । पुरस्कारको स्थापना विकलकी छोरी अम्बिका चालिसे पोखरेलले गर्नुभएको हो ।

विकल कला सङ्गीत पुरस्कार कलाकार पूर्णप्रसाद ह्येजुलाई दिइएको छ । पुरस्कारको स्थापना प्रतिष्ठानका वरिष्ठ सदस्य रामप्रसाद पौडेलले गर्नुभएको हो । यी तीनवटै पुरस्कारको राशि रु १५ हजार नगद, सम्मान पत्र र दोसल्ला रहेको छ ।

आख्यानकार रमेश विकलका बारेमा शोध गर्नेलाई प्रदान गरिने चन्द्रशेखर रमेश विकल शोध सम्मान तीन जनालाई दिइएको छ । नेपाल संस्कृत विश्वविद्यालयबाट ‘रमेश विकलका कथामा नीति चेतना’ विषयमा विद्यावारिधि गर्नुभएकी डा देवकी आचार्यलाई रु ५० हजार राशिको शोध सम्मान हस्तान्तरण गरिएको छ ।

यसैगरी दर्शनाचार्यमा रमेश विकलको साहित्यका विषयमा शोध गर्नुहुने योगेश काफ्ले र शान्ति न्यौपाने रिसाललाई रु १०÷१० हजार राशिको शोध सम्मान प्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले विकलसँग लामो समय सङ्गत गर्दा पनि उहाँको बहुमुखी प्रतिभा जान्न नसकिएको उल्लेख गर्नुहुँदै सधैँ आफूहरूले सामान्य मानिसका रूपमा लिएको बताउनुभयो ।
 
वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले साहित्यिक क्षेत्रले अब नव निर्माणलाई प्रोत्साहन हुने गरी साहित्य सृजना गर्ने समय भएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले बाल्यकालदेखि नै आफूहरूलाई साहित्यकार विकलले सृजनात्मक काममा लगाउनुभएको स्मरण गर्नुभयो ।

साहित्य, चित्रकला, अभिनय, वाद्यवादलगायत धेरै विधा उहाँले सिकाएको पनि उहाँले सुनाउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले चित्र र मूर्ति पनि बनाउने विकलको प्रतिभा उहाँको निधनपछिमात्र उजागर भएको सुनाउनुभयो । उहाँको निधनपछि विसं २०७० फागुन २५ गतेदेखि उहाँको चित्रकला प्रदर्शनीमा राखिएको थियो ।
 
कार्यक्रममा वरिष्ठ पत्रकार एवं विकलका पुत्र विजय चालिसे, प्रतिष्ठानका उपाध्यक्ष प्रा डा हेमनाथ पौडेल, पुरस्कृत व्यक्तित्व बन्धु, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे र वरिष्ठ सदस्य रामप्रसाद पौडेललगायतले उहाँको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
 
सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म विसं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । विसं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उहाँ नेपाली आख्यान क्षेत्रमा प्रवेश गर्नुभएको हो । साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

साहित्यकार विकलले आफ्नो जीवनकालमै प्रतिष्ठानको स्थापना गर्नुभएको हो । छोराहरू विजय चालिसे र महेन्द्र चालिसेको प्रस्ताव पाँच आना जग्गामा बनेको पुख्र्यौली घर प्रतिष्ठानका लागि दान दिइएको छ । विसं २०६५ पुस २ गते विकलको निधन भएको थियो । निधनपछि प्रत्येक वर्ष पुसको पहिलो शनिबार उहाँको स्मृतिमा कार्यक्रम गर्ने गरिएको छ ।