२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

जावलाखेलको पहिलो जित, मनाङले पोखरामा पुलिसलाई हरायो

जावलाखेलको पहिलो जित, मनाङले पोखरामा पुलिसलाई हरायो
अ अ+ अ-

जावालखेल युथ क्लबले  च्यासल युथ क्बलाई हराउँदै सहिद स्मारक ए डिभजिन लिगमा पहिलो जित निकाल्दा पोखरामा मनाङ मस्र्याङ्दी फुटबल क्लबले विभागीइ टोली नेपाल पुलिस क्लबलाई हराएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै पहिलो पटक स्पष्ट तीन अंक जोड्दा पोखरा रंगशालामा मनाङले पुलिसमाथि ३–१ को सहज जित निकालेको हो ।

लिगको चौथो चरण सम्म गोलको खाता खोल्न नसकेको जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे । ३७ औं मिनेटमा निकोलसले गरेको गोल नै जावलाखेलका लागि जारी लिगमा पहिलो गोल भएको छ । च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओनगना एन जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बाँकी समयमा च्यासल खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र जावलाखेललाई अंक सुम्पिन बाध्य बन्यो ।

यस सँगै जावलाखेलले सिजनको पहिलो जित निकाल्दै तालिकमा वरियता सुधार गरेको छ । रेलिगेशन क्षेत्रमा रहेको जावलाखेलको ५ खेलमा ४ अंक रहेको छ । जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा रहेको छ ।

यस्तै पोखरा रंगशालामा भएको खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन कप्तान अञ्जन विष्टले दुई र  निशान लिम्बुले एक गोल गरे । पुलिसका सुमन लामाले पेनाल्टीबाट एक गोल फर्काएका थिए । निकै रोमाञ्चक बनको खेलमा दुबै टोली पहिलो हाफ एक÷एक गोलको बराबरी खेलेका थिए । पहिलो पटक उपत्यका भन्दा बाहिर खेलाइएको खेलमा कप्तान अञ्जन विष्टले दशौँ मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्काको गल्तीमा प्राप्त बललाई अन्जनले सहजै गोलमा परिणत गरेका थिए । खेलको ३५ औं मिनेटमा सुमनले पेनाल्टीमा गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । मनाङका डिफेन्डर सरोज योन्जन लामाले निरकुमार राईलाई पेनाल्टी एरियामा लडाएपछि रेफ्रिले पुलिसलाई पेनाल्टीको अवसर दिएका थिए । जसमा सुमनले सहजै गोल गरेर पुलिसलाई बराबरीको अवस्था झारेका थिए ।

दोस्रो हाफमा भने घरेलु टोलीले आक्रामक खेल देखायो । ७३ औं मिनेटमा कप्तान अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेम्रुनले पेनाल्टी एरियाको ठिक बाहिर ह्यान्डबल गरेपछि पाएको फ्रि–किकमा अन्जनले सुन्दर गोल गर्दै मनाङलाई अगाडि बढाएका थिए । ८३ औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए । बाँकी समयमा पुलिस खेलमा फर्किन सकेन र मनाङले घरेलु मैदानमा ऐतिहासिक जित निकाल्न सफल भयो ।

जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले ५ खेलमा १३ अंक जोड्दा दोस्रो स्थानका मच्छिन्द्रसँग २ अंकको अग्रता समेत बताएको छ । दोस्रो स्थानको मछिन्द्रको ११ अंक रहेको छ । उता पराजित पुलिसले ५ खेलमा ५ अंक जोडेको छ । पुलिस आठौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच मनाङका अन्जन विष्ट चुनिए भने इमर्जिङ प्लेयरको उपाधि पुलिसका निरकुमार राईले थापे ।

लिगमा भोली (सोमबार) हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।