२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, कसले कति मत ल्याए ?

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, कसले कति मत ल्याए ?
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना जारी रहेको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि विभिन्न १२ समूहमा भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार हालसम्म खुल्ला केन्द्रीय सदस्यको एक हजार १०० मत गणना भएको छ । 

कुन उम्मेदवारको कति मत ?

१. डा शशाङ्क कोइराला–८८२
२. बालकृष्ण खाण–७९७
३. ज्ञानेन्द्रबहादुर कार्की–६७८
४. अर्जुननर्सिङ केसी–६०२
५. सुनीलबहादुर थापा–६००
६. उदयशम्सेर राणा–७५१
७. एनपि साउद–६१३
८. कुन्दनराज काफ्ले–५९९
९. गुरु बराल–६०१
१०. गोपालमान श्रेष्ठ–६५७
११. गोबिन्द भट्टराई–५६६
१२. जितजङ्ग बस्नेत–५१३
१३. जिपछिरिङ्ग लामा–५८८
१४. दिनेश कोइराला–६१३
१५. दिलेन्द्रप्रसाद बडु–६८५
१६. नैनसिंह महर–५१४
१७. पध्मनारायण चौधरी–३९९
१८. बलबहादुर केसी–६९८
१९. इ.मोहन आचार्य–३९०
२०. मोहनबहादुर बस्नेत–६९१
२१. रमेश लेखक–७०३
२२. डा रामशरण महत–६०९
२३. रामहरि खतिवडा–५७८
२४. लोकेश ढकाल–४५५
२३. शंकर ढकाल–३८८
२५. अजयबाबू सिवाकोटी–३९२
२६. अर्जुननरसिङ केसी–६०२
२७. सुरेन्द्र राज पाण्डे–५०१
२८. त्रैलोक्यप्रताप सेन–४६५
२९. टेकराज पौडेल–४१३
३०. तारणीदत्त चटौत–४६७
३१. केदार कार्की–३९६
३२. डा.सुरेशचन्द्र चालिसे–३८२
३३. धावा गुरुङ–३८६
३४. गणेश लामा–५८९
३५. मदन अमात्य–४०९

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ९मतदाता० चार हजार ७४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।