२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

नेपाली क्रिकेटमा अप्रिय विवाद

नेपाली क्रिकेटमा अप्रिय विवाद
अ अ+ अ-

नेपाली क्रिकेटका लागि विवाद पर्यायजस्तै भैसकेको छ । खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच भइरहेको पछिल्लो विवाद पनि नौलो होइन, यसमा विगतकै झल्को आउँछ । यद्यपि, यसपटकको विवादले भने अलि ठूलै रूप लिइसकेको छ ।

‘सेन्ट्रल कन्ट्र्याक्ट’ को वर्गीकरणबाट सुरु भएको विवाद अहिले खेलाडीमाथि कारबाहीसम्म पुगेको छ । वर्गीकरणको विरोधमा सञ्चारमाध्यमसामु बोलेपछि क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट मुक्त गर्नुका साथै अन्य दुई खेलाडीलाई पनि छ महिना वर्गीकरणमा नराख्ने निर्णय गरेको छ । यही कारण, अहिलेको विवाद खेलाडी र खेल–सरोकारवालामाझ मात्र सीमित छैन, आम तहसम्मै छताछुल्ल भएको छ, नेपाली क्रिकेटका शुभेच्छुकहरूलाई यसले चिन्तित तुल्याएको छ ।

नेपाली क्रिकेटमा अहिले जुन विवाद र तनावको स्थिति छ, त्यो यस खेलको भविष्यका निम्ति कसै गरी राम्रो होइन । सम्बद्ध सबै पक्षले यथाशीघ्र यसको समाधान खोज्नुपर्छ । कथं यो विवाद समाधानको दिशामा अघि बढेन भने यसले खेलजगत्को मनोविज्ञानमै नकारात्मक असर पुर्‍याउँछ । अतः समस्याको मूल कारण पहिल्याएर त्यसको यथोचित निदान खोजिनुपर्छ । यदि साँच्चै सेन्ट्रल कन्ट्र्याक्टको वर्गीकरणमा विवाद हो भने त्यसमा क्यानले अनिवार्य रूपमा पुनर्विचार गर्नुपर्छ । कप्तान मल्लले भनेझैं वर्गीकरण अघिल्लो वर्षको नभएर आउने वर्षका लागि गर्नुपर्छ, यसमा क्यानले मनन गर्न जरुरी छ । यस मामिलामा क्यानले पूर्वखेलाडीहरूको राय लिनु पनि उपयुक्त हुन्छ, जसले यो पद्धतिलाई नै अझ बलियो तथा प्रभावकारी बनाउन मद्दत पुर्‍याउन सक्छ ।

कुनै पनि क्रिकेट बोर्डले तयार पारेको खेलाडीसँगको दुईपक्षीय अनुबन्धलाई खेलाडी स्वयंले कडाइसँग पालना गर्नुपर्छ । यो सैद्धान्तिक मान्यताको पालना गर्नु जोसुकै खेलाडीको दायित्व हो, नेपाली क्रिकेट खेलाडीले पनि यो तथ्य हृदयंगम गर्नुपर्छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र भएको अवस्थामा कुनै पनि खेलाडीलाई अनुशासनबाहिर बस्ने छुट कदापि हुन्न, हुनु पनि हुँदैन । क्यानलाई पाँच वर्षअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले निलम्बन गरेको थियो, जुन अझै पूर्ण फुकुवा भएको छैन । त्यसयता केही व्यक्तिरसमूह क्यानको विरोध गर्दै आफ्नो स्वार्थ पूरा गर्न सफल भएको देखिन्छ । जबकि क्यानलाई एउटा ‘ब्रान्ड’ का रूपमा स्थापित गर्नु नै नेपाली क्रिकेटको हितमा हुन्थ्यो र यसबाट खेलाडीले पनि फाइदा लिन सक्ने वातावरण बन्ने थियो ।

क्रिकेट खेलाडीप्रति धेरैको सहानुभूति छ, जुन स्वाभाविकै हो । आखिर नेपालजस्तो देशमा खेलाडीले कमाउने भनेको यही जनसम्मान नै त हो । नेपाली क्रिकेटमा व्यावसायिक रूपमा राम्रो आम्दानी गर्ने खेलाडी धेरै छैनन्, र उनीहरूले कमाउने अवधि पनि तुलनात्मक रूपमा कमै हुन्छ । दुःखको कुरा भन्नुपर्छ, यस्तो अवस्थामा पनि नेपाली क्रिकेट खेलाडीले पछिल्लो समय खेल्नभन्दा बढी समय राजनीति गर्नमै खर्चन थालेको भान हुन्छ । फेरि, नेपाली क्रिकेट टिमभित्र पनि गुट–उपगुट भएको तथ्य कसैबाट छिपेको छैन । टिममा यस्तो मतभेद किन भइरहेको छ भन्ने विषयमा खेलाडी स्वयं बढी सचेत हुन जरुरी छ । यसबीचमा उच्च राजनीतिक तहले पनि यो विवादमा रुचि देखाएको छ । राजनीतिक नेतृत्वले दिने चासोले खेलकुदको महत्त्व त बढाउँछ, तर त्यस्तो चासो या रुचि हस्तक्षेपको तहमा भने झर्नु हुन्न । खेल संस्था स्वायत्त नै रहनुपर्छ, यसलाई स्वतन्त्र रूपले नै काम गर्न दिइनुपर्छ ।

खेलाडी–क्यान टस न मस
वर्तमान विवादको जरो कुनै न कुनै रूपमा क्यानमै जोडिन्छ । उसले आफ्नो जिम्मेवारी समयमै उचित तवरले पूरा गर्ने हो भने यस खाले विवाद निम्तिने नै थिएन । त्यसैले अबको आवश्यकता भनेको विवाद चर्कन नदिएर चाँडोभन्दा चाँडो समाधान गर्नु र खेलअनुकूल वातावरण सिर्जना गर्नु हो । त्यसका निम्ति क्यान र खेलाडी एकै टेबलमा बसेर, व्यक्तिगत लाभहानीलाई अर्कोतर्फ थान्को लगाएर संवाद थाल्नुको विकल्प छैन । यस्तो वार्ता आ–आफ्नो अत्तो थाप्नेभन्दा पनि समस्या समाधानको दिशामा केन्द्रित हुनुपर्छ । यसबीचमा भएका भूलहरूबारे आत्ससमीक्षा र अबको दिशाबारे न्यायोचित निर्णय हुनुपर्छ ।

यहाँ के भुल्नु हुँदैन भने, नेपाली क्रिकेट यति बेला निकै महत्त्वपूर्ण शृंखलाहरूको सामुन्नेमा छ । सबैको ध्यान त्यसतर्फै केन्द्रित हुनुपर्छ । पछिल्लो समय नेपाली टिमले पुबुदु दासानायकेलाई पुनः नयाँ प्रशिक्षकका रूपमा पाएको छ, उनको पनि ध्यान यो विवाद समाधान र भविष्यका प्रतियोगिताका तयारीमा केन्द्रित हुनुपर्छ । र, अहिलेको विवादलाई शिक्षाका रूपमा लिएर सम्बन्धित सबैले भविष्यमा यस्तो प्रकरण दोहोरिन नदिने प्रण गर्नुपर्छ । त्यसका निम्ति वार्ताबाट निस्कने समस्याको हललाई कसैले पनि आफ्नो जित र हारका रूपमा लिनु हुँदैन, नेपाली क्रिकेटको श्रीवृद्धिका लागि आवश्यक पाइलाका रूपमा ग्रहण गर्नुपर्छ ।

(कान्तिपुर दैनिकमा आज प्रकाशित सम्पादकीय)