२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग



अ+ अ-

चितवन।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।

गोरखा २ का प्रतिनिसभा सदस्यसमेत रहनुभएका उहाँले यी दुई गाउँपालिका बाढीका कारण सङ्कटमा रहेको जानकारी दिनुभयो । सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय केही पालिकाहरुलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सांसद बुर्लाकोटीले यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्दै भोटेकोशी बाढीबाट चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकाका केही क्षेत्र पनि प्रभावित भएको जनाउँदै सरकारले यसलाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भन्नुभयो ।
यस विषयमा आफूले सरकार र पार्टीमा कुरा राखिसकेको जनाउँदै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै दुवै पालिकाका प्रभावितलाई राज्यका तर्फबाट सम्बोधन गर्न सकिन्छ भन्नुभयो ।उहाँले भन्नुभयो,“बाढीले यी दुवै पालिकामा क्षति पुर्याएको छ । नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा क्षति पुगेको छ । दुवै गाउँपालिका त्रिशूली नदीको वारी र पारी पर्दछन् । भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो । ”

सरकारले रसुवाको उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका, नुवाकोटकै किस्पाङ र तारकेश्वर गाउँपालिकाकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यससँगै यी दुई पालिकालाई थप गर्न उहाँले माग गर्नुभएको हो । यसले राज्यको लगानी बढ्नेसँगै राहत, उद्धार, क्षतिको पुनःनिर्माण, गैरसरकारी सङ्घसंस्थालाई काम गर्न बाटो खुला हुने प्रमुख सचेतक बुर्लाकोटी बताउनुभयो । बाढीबाट प्रभावित परिवारलाई भेट्ने क्रममा आज चितवन हुँदै गोरखा जानुभएका बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताउनुभयो ।

सरकारले गोरखालगायतका जिल्लाबाट संघीय राजधानी जाने कृष्णभिरसहितका सडकको मर्मत र वैकल्पिक मार्ग निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले छिट्टै संघीय राजधानीसँगको यातायात सहज हुने बताउनुभयो । रासस




भर्खरै